फिर्ता पठाउने भएपछि सरणार्थीहरु भागाभाग



तेकनाफ, बंगलादेश (एजेन्सी)
रोहिंग्या मुस्लिम सरणार्थीहरु यसै हप्ताको मध्यतीर म्यान्मार फिर्ता पठाउन लागेकोले त्यसबाट छल्न बंगलादेश स्थित शरणार्थी सिविरहरुबाट भागिरहेका छन् ।

सरणार्थी मुस्लिम समुदायका नेताहरुले सोमबार उक्त जानकारी दिएको हो । अधिकारीहरु रोहिंग्या सरणार्थीहरुलाई विहिबारबाट बौद्ध बाहुल्य म्यान्मार फिर्ता पठाउने योजना बनारहेका छन् ।

म्यान्मार सेनाले चलाएको अभियान क्रममा आफुमाथि चरम अत्याचारपछि रखाइन प्रान्तका रोहिंग्या मुस्लिम अत्यन्त जोखिमपुर्ण यात्रा गरि बंगलादेश भागेका थिए । संयुक्त राष्ट्र संघले उक्त क्रुरतालाई जातिय सफायाको नाम दिएको थियो ।

जबरजस्ती म्यान्मार पठाउने आसंकाले सिविरमा रहेकाहरुलाई आतंकित पारेको र सुरुमा पठाउने भनिएका केही परिवार त्यहाँबाट फरार भएको समुदायका नेताहरुले जानकारी दिएका छन् ।

जामतोली सरणार्थी सिविरका नुर इस्लामले भने– अधिकारीहरु सरणार्थीलाई लगातार फर्कन प्रेरित गर्ने प्रयास गरिरहेका छन् । तर यसबाट उनीहरु झन भयभित भएको र अर्को सिविरमा भागिरहेका छन् ।

योजना अनुसार बिहिबारदेखि करि २ हजार २ सय ६० रोहिंग्या मुसलमानलाई दक्षिणपुर्वी कोक्स बजार जिलाको सिमाबाट स्वदेश पठाउने तयारी भइरहेको छ ।

सन् २०१७ मा रखाइन प्रान्तमा सक्रिय मुस्लिम लडाकु समुह अर्साका लडाकुहरुले प्रहरी चौकीहरुमाथि आक्रमण गरेपछि त्यहाँका रोहिंग्या मुसलमानको संकट गहिरिएको हो ।

त्यसपछि म्यान्मार सुरक्षा बलले थालेको कारवाहीका कारण करिब एक महिना मै लाखौं रोहिंग्या मुसलमान बंगलादेश पलायन हुन बाध्य भएको हो । बंगलादेशमा हाल करिब ८ लाख रोहिँग्या मुसलमान सरणार्थीका रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्