आइरिस महिला साँसदद्वारा अन्डरवियर प्रदर्शन



डब्लिन,(एजेन्सी)
सत्र वर्षिया किशोरीको वलात्कार गरेका एकजना पुरुषलाई सफाई दिइएको एक सातापछि बुधवार आयरल्यान्डमा यौन अनुमति विरुद्ध श्रंखलावद्ध प्रदर्शनको आयोजना भएको छ । यस वलातकार मुद्धाको दौरान अदालतमा प्रतिवादी वकिल न्यायधिशलाई भनेका थिए , ‘ तपाईले ति केटीले लगाएको लुगा हेर्नु पर्दछ । उनले अगाडि तुना बाँधेर अन्रवियर लगाएकी छिन् । ’

त्यसको लगत्तै नाम नखुलाइएका ति २७ वर्षिय पुरुषलाई वलात्कारका लागि दोषि ठहर नभएको निर्णय दिइएको थियो । अदालतको निर्णयको कारण निकै विवादास्पद बन्न गएको यस वलात्कारको काण्डलाई लिएर विरोध स्वस्रप एकजना विधायक हातमा अन्डरवियर लिएर संसदमा उपस्थित भएकी छिन् ।

मंगलवार रुथ कोप्पिंगरले आइरिस संसद डाइलमा निलो तुना भएके अन्डरवियर प्रदर्शन गरेकी थिइन् । उनले भनेकी थिइन् , ‘ यसरी संससदमा खुलेआम अन्डरवियर देखाउनु लज्जास्पद हुन सक्छ । तर एक वलात्कार पिडित महिलाको अन्डरवियर अदालतमा खुलेआम प्रदर्शन गरिँदा तपाईहरुलाई कस्तो लाग्छ ? ’

अभियोग लगाइएका ति पुरुषले कोर्कको खुल्ला सडकमै ति किशोरीको सहमति मै यौन सम्पर्क गरेको बताएका थिए । अनलाइन लगायत आयरल्यान्डको अन्य विभिन्न अनलाइनले अदालतको निर्णयको विरोध गरेका थिए । अधिकांशले अन्य राष्ट्रहरुमा वलात्कार विरुद्धको कडा कानुनलाई इँगित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्