स्विजरल्यान्ड: ५ करोडको हिरा



जनेभा (एजेन्सी)
गुलाफी रंगको एक दुर्लभ हिरा ५ करोड डलरमा लिलाम भएको छ । प्रति क्यारेटको हिसाबले यो एक विश्व किर्तिमान हो । ‘पिंक लेगेसी ‘ नामक उक्त हिरा १९ क्यारेटको हो ।

यसलाई अमेरिकी बे्रन्ड ह्यारी विन्स्टनले जेनेभामा भएको एक लिलाममा खरिद गरेको हो । क्रिस्टिज अक्सन हाउसका युरोप प्रमुखका अनुसार उक्त हिरा प्रति क्यारेट मुल्य करिब २ लाख ६३ हजार डलर आफैमा एक विश्व किर्तिमान हो । लिलाम सुरु भएको मात्र पाँच मिनेट भित्र उक्त हिरा विक्री भएको थियो । नयाँ मालिकले यसलाई ‘विन्स्टन पिंक लेगेसी ‘ नाम दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्