राखेप उपाध्यक्षमा पीताम्बर तिमल्सिना



काठमाडौँ ।
युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रिय खेलकूद परिषद्को उपाध्यक्षसहित तीन सदस्यलाई आज शपथ खुवाउनुभएको छ ।
मन्त्रालयमा आज आयोजित कार्यक्रममा नवनियुक्त सदस्यत्रय पीताम्बर तिमल्सिना, इन्दिरा निरौला र राजेश गुरूङलाई मन्त्री विश्वकर्माले शपथ खुवाउनुभएको हो । यही कात्तिक २६ गतेको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा परिषद्का पूर्वउपाध्यक्ष तिमिल्सिना, गुरुङ र पूर्वराष्ट्रिय भलिबल खेलाडी निरौलालाई नियुक्त गरेको थियो । सदस्यको शपथ लिएलगत्तै मन्त्रालयले तिमल्सिनालाई राखेपको उपाध्यमा नियुक्त गरेको छ ।

सो अवसरमा मन्त्री विश्वकर्माले नजिकिँदै गरेको आठाँै राष्ट्रिय खेलकूद तथा १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता ९साग०लाई ध्यानमा राखेर काम गर्न नवनियुक्त सदस्यलाई निर्देशन दिनुभयो । “पूर्वाधार अभावले हामीले केही महीना आठौँ राष्ट्रिय खेलकूदको मिति सारेका छौँ ।” मन्त्री विश्वकर्माले भन्नुभयो, “अब सबैको ध्यान पूर्वाधारको चाँडो निर्माण र आठौँ राष्ट्रिय खेलकूद तथा सागको सफलतापूर्वक सम्पन्न गर्नमा तपाईंहरुको ध्यान केन्द्रित होस् ।” कार्यक्रममा राखेप सदस्यसचिव केशवकुमार विष्ट तथा मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्