प्रदेश ३ मा मदिरा व्यवस्थित गरिँदै



हेटौंडा ।
प्रदेश–३ मा मदिरा कारोबार र प्रयोगलाई व्यबस्थित बनाउने प्रयास थालिएको छ । यसका लागि मदिराजन्य वस्तु उत्पादन, बिक्री बितरण, प्रयोग र सेवनलाई व्यबस्थित गर्ने सम्बन्धमा प्रदेश–३ का पाँच जिल्लाका सरोकारवालासँग छलफल गरिएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गरेको अन्तत्र्रिmयामा मदिराजन्य वस्तु उत्पादन, बिक्री वितरण, प्रयोग र सेवनको विद्यमान अबस्था, मदिरासँग सम्बन्धित विद्यमान ऐन, नियमको कार्यान्वयन अबस्थाबारे समिक्षा, मदिराजन्य वस्तु सेवनका कारण घरेलुहिंसा, आपराधिक गतिविधिमा न्यूनीकरण गर्ने उपाय, प्रदेशस्तरमा तर्जुमा गरिने नीति निर्माणबारे छलफल गरिएको थियो ।

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले मदिरा र मदिराको नकारात्मक असर, प्रदेश सरकारको आव २०७५÷०७६ को नीति तथा कार्यक्रम, मदिरासँग सम्बन्धित विद्यमान ऐन, कानुन, मदिरा ऐन, मदिरा उत्पादन, बिक्री, वितरण, निकासीपैठारी नियन्त्रण तथा बन्देज सम्बन्धि व्यबस्था, खानतलासी, कब्जा वा गिरफ्तार, दण्ड सजाय र पुरस्कार सम्बन्धि व्यबस्था, इजाजतपत्र, होटेल व्यबस्था तथा मदिराको बिक्री वितरण (नियन्त्रण) ऐन २०२३, मदिरा बिक्री वितरण नियमन निर्देशिका, राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति जस्ता विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा पाँच जिल्लामा भएका मदिराजन्य विषयमा तयार पारिएको कार्यपत्र प्रस्तुत गरिएको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रस्तुत गरेको कार्यपत्रमाथि छलफल गरिएको थियो ।

प्रदेशका मकवानपुर, धादिङ, नुवाकोट, सिन्धुली र चितवनका प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघका प्रतिनिधि, होटल एसोसिएसनका प्रतिनिधि, मदिरा व्यवसायी संघका प्रतिनिधि, जिल्ला समन्वय समिति प्रमुख, नगर तथा उपमहानगर मेयर तथा प्रतिनिधिलगायतको कार्यक्रममा सहभागिता थियो ।

आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख अतिथ्यता थियो । कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रदेश सांसद् प्रेमबहादुर पुलामी, कुमारी मोक्तान, मुनु सिग्देल, प्रदेश मुख्य सचिव आनन्दराज ढकाल, जिसस मकवानपुर प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगर उपमेयर मीना लामा, प्रदेश प्रहरी प्रमुखलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्