सवारी दुर्घटनामा ४ जनाको मृत्यु



काठमाडौं ।
काठमाडौं, नवलपरासी पूर्व, मोरङ र झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।
काठमाडौं नागार्जुन नगरपालिका(२ सानोभर्‍याङस्थित सडकमा बा।२ ज ३१५ नम्बरको ट्याक्सी र बा।१० च ५१९१ नम्बरको कार मंगलबार दिउसो एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका ट्याक्सीमा सवार काठमाडौं टोखा नगरपालिका ११ बस्ने गोरखा सिरन चोक गाउँपालिका ७ का ७० वर्षीया मोतीसरा भुजेलको मनमोहन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी पूर्व गैडाकोट ९ थुम्सीस्थित सडकमा बा ९० प १३८६ नम्बरको मोटरसाइकलले मंगलबार दिउसो ठक्कर दिदाँ गम्भीर घाइते भएकी सोही स्थान बस्ने ४५ वर्षीया सानु थापाको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ बेलबारी नगरपालिका(४ बेतनास्थित सडकमा एचआर ४६ सी ७८७६ नम्बरको भारतीय ट्रकले को रा २० प ६७०२ नम्बरको मोटरसाइकललाई मंगलबार राती ठक्कर दिदाँ मोटरसाइकल चालक सुनसरी बराह नगरपालिका(४ बस्ने १९ वर्षीय आर्यन चौधरीको घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापा भद्रपुर नगरपालिका(५ स्थित सडकमा मे।१ त ५२३० नम्बरको ट्याक्टरबाट ओर्लने क्रममा सोही ट्याक्टरले किच्दा
गम्भीर घाइते भएकी सोही नगरपालिका बस्ने धिरज यादवको ५ वर्षीया छोरी राखी यादवको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचारको क्रममा मंगलबार दिउसो मृत्यु भएको छ ।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्