नेप्सेमा सामान्य सुधार



काठमाडौं  । अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्सेमा बुधबार भने सामान्य सुधार देखिएको छ । बुधबार नेप्से शुन्य दशमलव ९८ अंकले बढेर १ हजार २ सय ८ दशमलव ५६ अंकमा पुगेर कारोबार बन्द भएको छ ।

अघिल्लो दिन मंगलबार नेप्से १३ दशमलव ९७ अंकले बढेर १ हजार २ सय ७ दशमलव ३१ अंकमा पुगेर कारोबार बन्द भएको थियो ।

त्यस्तै बुधबार ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव १७ अंकले बढेर २ सय ५७ दशमलव ०६ अंकमा पुगेर बन्द भएको छ ।

बुधबार कुल १ सय ४४ कम्पनीको ७ लाख ८५ हजार ९९३ कित्ता शेयर कारोबार हुँदा १७ करोड ८३ लाख ८० हजार ९३७ रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिन मंगलबार भने कुल १ सय ५० कम्पनीको ६ लाख ५५ हजार ५९७ कित्ता शेयर खरिदबिक्री हुँदा १७ करोड ४१ लाख ५५ हजार ३९० रुपैयाँको कारोबार भएको थियो ।

बुधबार बैंकिंग समूह, विकास बैंक र निर्जीवन बीमा समूहहरु बढेको छ भने छ भने बाँकी सबै समूहहरु घटेको छ ।

यस दिन सबैभन्दा बढी कारोबार प्रभु बैंकको भएको छ । जसको आज ३ करोड ८ लाख २० हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै यस दिन जसमा सर्वाधिक कमाउनेमा युनाइटेड इन्स्योरेन्स, समाता माइक्रोफाइनान्स, सिद्धाथ इक्विटी फण्ड, नेपाल सेवा लघुवित्त, ओरिएण्टल होटल र अरुण भ्याली हाइडोपावरका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ३ प्रतिशत भन्दा बढीले बढेको छ ।

साथै सर्वाधिक गुमाउनेमा एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ४५ दशमलव ३३ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्