नेकपाको बैतडीमा समायोजनको काम टुङ्गियो



विनोद सिंह विष्ट, बैतडी ।
बैतडीमा तत्कालिन नेकपा(एमाले) र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थानीय तहमा पार्टी समायोजनको काम टुङ्गिएको छ । पार्टी जिल्ला कार्यदल बैठकले चार नगरपालिका र ६ गाउँपालिका सहित १० स्थानीय तहमा पार्टी समायोजनको संयुक्त खाका तयार गरेको हो ।

६ स्थानीय तहमा तत्कालिन नेकपा (एमाले) ले नेतृत्व पाएको छ भने ४ स्थानीय तहमा तत्कालिन नेकपा (माओवादी केन्द्र) ले नेतृत्व पाएको कार्यदलका सदस्य तथा दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले जानकारी दिर्ए ।

जस अन्तरगत पाटन नगरपालिका , मेलौली नगरपालिका, दोगडाकेदार, डिलाशैनी, शिवनाथ, सिगास गाँउपालिकामा तत्कालिन एमालेको नेतृत्व रहनेछ ।

यस्तै दशरथचन्द नगरपालिका, पुर्चौडी नगरपालिका, सुर्नया गाउपालिका र पञ्चेस्वर गाँउपालिकामा तत्कालिन माओबादीले नेतृत्व लिने भएको छ ।
समितिको सचिवमा भने अध्यक्ष रहेको तत्कालिन पार्टी भन्दा अर्को पार्टीकोे ब्यक्ति रहने पनि निर्णय भएको छ । ८१ सदस्यीय नगरकमिटि रहनेमा अध्यक्षको तत्कालिन पाट्रिबाट ४२जना र सचिवको तत्कालिन पाट्रिबाट ३९ जना रहनेछन् ।

यस्तै ७५ सदस्यीय हुने गाँउपालिका स्तरिय कमिटिमा पनि अध्यक्षको तत्कालिन पाटिबाट ३९जना तथा सचिबको तत्कालिन पाटिबाट ३६ जना सदस्य रहनेछन् ।

७ जना रहने नगरपालिकाको कार्यालय कमिटिमा तत्कालिन एमाले बाट ४तथा माओबादी बाट ३ जना रहनेछन् भने, ५जना रहन े गाँउपालिकामा कार्यालय कमिटिमा ३ एमाले तथा २ माओबादी केन्द्रका रहनेछन् । यस्तै ३जना रहने वडा स्तरिय कार्यालय कमिटिमा पनि २–१को भाग लगाइएको छ । पालिका स्तरिय उक्त समितिहरुको २,३ दिन भित्रै टुगों लाग्ने बताइएको छ । टुंगो लागेका विवरण प्रदेश कमिटिलाई सिफारिश गरिएको जनाएको छ ।

जिल्लाको नेतृत्वको टुंगो केन्द्रले लगाउने भएकोले १ हप्ताभित्रै लाग्ने जनाएको छ । बैतडीमा १३५ सदस्यीय जिल्ला कमिटि बन्नेछ ।

गत जेठ ३ गते तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता घोषणा भए पनि तल्लो स्तरसम्म एकता प्रक्रिया सो दलले टुङ्ग्याउन सकेको छैन । पाँच महिना पूरा हुँदासमेत पार्टीको एकता प्रक्रिया नटुङ्गिदा पार्टी कार्यकर्ता र नेताहरुबीच टिकाटिप्पणी हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्