उदाउँदो सूर्यलाई अर्घ दिएर छठको बिदाइ



57Ldftfsf] k”hf ub}{ j|tfn’ 57 kj{sf] cj;/df d+unaf/ sf7df8f}Fsf] lji0f’dtL vf]nfdf 57Ldftfsf] k”hf ub}{ j|tfn’ . t:jL/M rGb|snf If]qL , /f;;

काठमाडौँ । अाज उदाउँदो सूर्यलाई अर्घ दिइ छठ पर्वलार्इ बिदार्इ गरिएकाे छ । नदी, तलाउ, पोखरी, खोला किनारबाट अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रतालुहरुले रातभर जाग्राम बसेर आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएका छन् ।

बिहान सूर्यलाई अर्घ दिएपछि ३६ घण्टादेखि निराहार र निर्जल रहेका व्रतालुहरुको व्रत पनि समाप्त भएको छ ।

सूर्यको उपासनासहित छठी माताको पूजा गरेमा रोगव्याध निको हुने, सन्तान प्राप्त हुने तथा परिवारमा सुख शान्ति र समृद्धि हुने धार्मिक विश्वास छ । काठमाडौँ उपत्यकासहित देशभरका नदी, तलाउ, पोखरी र खोला किनारमा श्रद्धालुहरुको घुइँचो छ ।

प्रतिक्रिया दिनुहोस्