नारायनले कराते विश्वकप खेल्ने



काठमाडौं, (नेस)
नारायनलाल मोक्तानले पाँचौँ आइकेओ माचुसिमा क्योकुशिन कराते विश्वकपमा नेपालको तर्पmबाट चुनौती प्रस्तुत गर्ने भएका छन् । आगामी १७ देखि १८ नोभेम्बरमा चीनको संघाई शहरमा हुने विश्वकपमा नारायनले पुरुष ५५ केजीमुनि प्रतिस्पर्धा गर्ने नेपाल माचुसिमा क्योकुशिन कराते संघका ब्रान्च चिफ राजकुमार गुरुङले जानकारी दिए । विश्वकपमा नारायनको प्रशिक्षणको जिम्मेवारी सुमन गजुरेलले सम्हाल्ने भएका छन् ।

उक्त विश्वकपमा कुल ४० राष्ट्रले प्रतिस्पर्धा गर्ने ब्रान्च चिफ राजकुमारले जानकारी दिए । सोही विश्वकपमा नेपालका सुनील आचार्य र सन्तोस बुढाथोकीले निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् । विश्वकपमा सहभागी हुन नेपाली टोली बुधबार चीनतर्पm प्रस्थान गर्दैछन् । लामो समयदेखि तयारी गरेकाले विश्वकपमा देशका लागि पदकको आशा गरिएको माचुसिमा क्योकुशिन करातेका नेपाल प्रमुख राजकुमारले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्