नेप्सेको अनलाइन प्रणाली र कारोबारमा केही सुधार



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनलाइन प्रणालीमा अझै सुधार हुन सकेको छैन । यद्यपि, अघिल्ला दिनको तुलनामा समस्या केही कम देखिएको छ । अनलाइन प्रणालीमा भएको गडबडीका कारण लगानीकर्ता अल्मलि“दै गर्दा ओरालो लागेको नेप्से मंगलबार भने सुधारिएको छ ।

मंगलबार नेप्सेमा १३ दशमलव ९७ अंकले बढेर १ हजार २ सय ७ दशमलव ३१ को बिन्दूमा कारोबार बन्द भएको छ ।

यस दिन कुल १ सय ५० कम्पनीको ६ लाख ५५ हजार ५९७ कित्ता शेयर खरिद बिक्री हु“दा १७ करोड ४१ लाख ५५ हजार ३९० रुपिया“को कारोबार भएको छ । यस दिन सबैभन्दा बढी कारोबार प्रभु बैंकको भएको छ । यस बैंकको १ करोड ४३ लाख ६६ हजार रुपिया“को शेयर कारोबार भएको छ ।

मध्यभोटेकोशीको सीमित आईपीओ आजदेखि

त्यस्तै यस दिन जसमा सर्वाधिक कमाउनेमा उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ९ दशमलव ९७ प्रतिशतले बढेको छ । मंगलबार मात्रै उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले ४२ दशमलव ६३५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । त्यस्तै आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था, सप्तकोशी विकास बैंकका लगानीकर्ता पनि कमाएका छन्

धेरै गुमाउनेमा एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ८ दशमलव ५७ प्रतिशतले घटेको छ । साथै हिमालयन पावर पार्टनर, एभरेष्ट इन्स्यारेन्स कम्पनीका शेयरनीले पनि गुमाएका छन् ।

यस दिन फाइनान्स समूह मात्र घटेको छ भने बा“की सबै समूह बढेका छन् । फाइनान्स समूह शून्य दशमलव २५ बिन्दूले घटेको छ । यस्तै बैंकिङ १४ दशमलव ६९, होटल ३६ दशमलव ५७, विकास बैंक १२ दशमलव ५९, जलविद्युत् शून्य दशमलव २८, निर्जीवन बीमा ७५ दशमलव १४, अन्य ६ दशमलव ५६, माइक्रोफाइनान्स १० दशमलव ५८ र जीवन बीमा ७७ दशमलव शून्य नौ बिन्दुले बढेको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसूचक पनि ३ दशमलव ३१ अंकले बढेर २ सय ५६ दशमलव ८७ अंकमा पुगेर बन्द भएको छ ।

यसैबीच मध्यभोटेकोशी जलविद्युत् कम्पनीले बुधबारदेखि एक अर्ब ४४ करोड रुपिया“बराबरको सीमित साधारण शेयर (आइपिओ) बिक्री हुने भएको छ ।
उक्त शेयरमध्ये कर्मचारी सञ्चयकोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ताका लागि एक करोड १७ लाख कित्ता, संस्थापक संगठित संस्थाका कर्मचारीका लागि २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि छ लाख कित्ता शेयर बिक्री हुनेछ ।

सिन्धुपाल्चोकमा १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको निर्माण गरिरहेको कम्पनीको अधिकृत पु“जी ६ अर्ब २१ करोड रहेको छ भने जारी पु“जी ६ अर्ब रहेको छ । कम्पनीको शेयरमा सञ्चयकर्ताले मंसीर १४ गतेसम्म शेयर आवेदन दिन पाइने छ भने संस्थापक संगठित संस्थाका कर्मचारी तथा ऋणदाता संस्थाका कर्मचारीले आगामी मंसीर १८ गतेदेखि २६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

कम्पनीको शेयरमा सञ्चयकर्ताले न्यूनतम ५० र अधिकतम ५०० कित्तासम्म आवेदन दिन पाउनेछन् भने कोषका कर्मचारीले न्यूनतम ५० कित्ता र अधिकतम् एक हजार २०० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

कम्पनीको शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिल रहेको छ । सहबिक्री प्रबन्धकमा प्रभु क्यापिटल, एनआईबीएल एस क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सीबीआएल क्यापिटल छन् ।

कम्पनीको जारी पूँजीको ५१ प्रतिशत शेयर स्वामित्वमा नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनीलगायत रहेका छन् ।
कम्पनीमा नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत, चिलिमेको ३७ प्रतिशत सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, नेपाल अरनिको हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेष्टमेन्ट कम्पनी र सिन्धु भोटेकोशी हाइड्रोपावर लिमिटेडको समान एक÷एक प्रतिशत शेयर स्वामित्व रहेको छ ।

यस्तै ४९ प्रतिशत सर्वसाधारण शेयरधनी समूहमा कोषका सञ्चयकर्ताको १९ दशमलव पा“च, संस्थापक संगठित संस्थाका कर्मचारीको तीन दशमलव पा“च, ऋणदाता संस्थाका कर्मचारीको एक प्रतिशत, सिन्धुपाल्चोक जिल्लाका स्थानीयबासीको १० प्रतिशत र आम सर्वसाधारणको १५ प्रतिशत शेयर रहने गरी छ्ट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्