जैविक मार्ग पर्यटकको लागि आकर्षणको केन्द्र बन्दै



मनोज भट्ट, महेन्द्रनगर
कञ्चनपुरको भीमदत्त नगरपालिकामा निर्माण गरिएको रौटेला ब्रह्मदेव जैविक धार्मिक पर्यटकीय मार्ग अवलोकनका लागि आकर्षणको केन्द्र बन्न थालेको छ । भीमदत्त नगरपालिका १ बाराकुण्डादेखि ब्रह्मदेवसम्म निर्माण गरिएको जैविक मार्ग दैनिक रुपमा अवलोकन गरिएको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुुरेन्द्र विष्टले स्थानीय तह निर्वाचनमा गरिएको चुनावी प्रतिबद्धताअनुसार गत आर्थिक वर्ष रौटेलादेखि ब्रह्मदेवसम्म १८–२२ मिटर चौडाईको झण्डै १५ किलोमिटर माग निर्माण गरेका हुन् । गत वर्ष ट्रयाक खोलेर ग्राभेलिङ गरिएको जैविक मार्गमा यस वर्ष स्तरोन्नति कार्यलाई तीव्रता दिइएको छ ।

जैविक मार्गले भीमदत्त नगरपालिका १, ३, ७, ८, ९ र १० नम्बर वडालाई एक आपसमा जोडिएका छन् । चुरे फेदमा निर्माण गरिएको यो मार्गले उत्तरी क्षेत्रका सबै धार्मिक पर्यटकीय क्षेत्र आपसमा जोडिएका छन् । ‘उत्तरी क्षेत्रका सडक पँर्वाधार विकास, धार्मिक पर्यटन विकास, पर्यावरण संरक्षण र चुरे संरक्षण गर्ने उद्देश्यसहित जैविक मार्ग निर्माण गरिएको छ,’ भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भन्नुभयो । नगर प्रमुख विष्टले जैविक मार्गको पँर्वी र पश्चिमी दुवै भाग नगर चक्रपथसित जोडिने बताउनुभयो ।

कञ्चनपुर क्षेत्र नम्बर ३ का साँसद डा. दीपकप्रकाश भट्ट, सुदँरपश्चिम प्रदेश उद्योग, वन, वातावरण तथा पर्यटन राज्यमन्त्री प्रकाश रावल, सांसद मानबहादुर सुनार, लालबहादुर खड्का लगायतले अवलोकन गरेका छन् । संघीय सरकारका साँसद डा. भट्टले अवालेकनका क्रममा जैविक मार्गलाई विकासको नमुना भनेर प्रशंसा गरेका थिए ।

पँर्व सभासद् नेकपा नेता कृपाराम राना, पँर्व दैजी गाविसका उपाध्यक्ष हिक्मतबहादुर सिंहलाई भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले जैविक मार्ग अवलोकन गराएका छन् । पँर्व सभासद् रानाले जैविक मार्ग भीमदत्त नगरपालिकाको मात्रै नभएर सुदँरपश्चिम प्रदेशको गौरवको योजना भएको बताउनुभयो ।

भीमदत्त नगरपालिकाले गत आर्थिक वर्षमा बाराकुण्डका एक् दर्जन कुण्ड पुनःभरण गरी पर्यटकीय क्षेत्र बनाइएको छ । जगद्गुरुबाट ती कुण्डको नामाकरण गरिने छ । केही दिन अघि सुदँरपश्चिम अग्रज पत्रकारहरुले जैविक मार्ग अवलोकन गरेका थिए । भीमदत्त नगरपालिकाका जनप्रतिनिधि सहित विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु दैनिक रुपमा जैविक मार्ग अवलोकनमा जाने गरेको भीमदत्त नगरपालिका नगर कार्यपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेयले बताए ।

जैविक मार्गको प्रस्थान बिन्दु रौटेला र अन्तिम बिन्दु ब्रह्मदेबस्थित काली मन्दिरमा छ । कालि मन्दिर भएर महाकाली कोरिडोरको निर्माण कार्य अघि बढेको छ । केही दिन अघि महाकाली कोरिडोर हेर्न आएका राष्ट्रिय योजना आयोजना सदस्य सहितको टोलीले समेत जैविक मार्ग अवलोकन गरेका थिए । जैविक मार्गको किनारमा ट्रि गार्डन सहितको वृक्षारोपण कार्यक्रमलाई पनि निरन्तरता दिईएको छ ।

सुदँरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा जैविक मार्गलाई काली, कर्णाली र गोदावरी नामारकण दिएर डिपिआर निर्माणका लागि बजेट विनियोजन गरेको छ । भीमदत्तका नगर प्रमुख विष्टले नगरको गौरबको योजना राखेर विशेष प्राथमिकतामा राखेका छन् । चालु आर्थिक वर्षका लागि तेस्रो नगर सभाबाट जैविक मार्गका लागि बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्