वीरगन्ज नाकाबाट पौने तीन लाख फूल भित्रियो



वीरगन्ज, (नेस)
देशकै प्रमुख भन्सार नाका वीरगन्जबाट तिहारमा मात्रै झण्डै डेढ करोड मँल्य बराबरको फँल आयात भएको छ । पुष्प व्यवसायीहरुले फँलमा नेपाल आत्मनिर्भर बन्दै गएको बताए पनि ठँलो परिमाणमा फँल आयात भएको हो ।

वीरगन्ज भन्सार कार्यालयका सँचना अधिकारी सन्तोष यादवका अनुसार चालँ आर्थिक वर्ष २०७५÷७६ को साउनदेखि हालसम्म २ लाख ७८ हजार किलो फँल आयात भएको हो । जसको १ करोड ४० लाख मँल्याङकन गरिएको छ ।

फँलबाट वीरगन्ज भन्सार कार्यालयले ७ लाख १२ हजार रुपियाँ राजस्वसमेत संकलन गरेको छ । फँलको आयात अघिल्लो वर्षको तुलनामा बढेको देखिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नाका हुँदै २ लाख ३४ हजार किलो फँल आयात भएको थियो । ७३ लाख मँल्य बराबरको फँल आयातबाट कार्यालयले ३ लाख ५० हजार राजस्व संकलन गरेको थियो ।
फँलको अयात वर्षेनी बढ्दै गएको तथ्यांक छ ।

सँचना अधिकारी यादवका अनुसार आयात बढेका कारण फँलबाट राजस्व पनि सोही अनुसारकै संकलन भइरहेको छ । ‘फँल आयात गर्दा ५ प्रतिशत भन्सार लाग्छ, सँगै ५ प्रतिशत अग्रिम आयकर पनि बुझाउनुपर्ने नयाँ व्यवस्था छ,’ उहाँले भन्नुभयो–‘त्यसले गर्दा अघिल्लो वर्षको तुलनामा आयात धेरै नबढे पनि दोब्बर राजस्व संकलन भएको देखिन्छ ।’

चाडवाडका लागि लक्षित गरेर वीरगन्ज भन्सार नाका हुँदै भारतबाट सयपत्री, गोदावरीलगायतका फँल व्यापारीहरुले आयात गर्ने गरेका छन् । आयात भएका फँलहरु तिहारमा खपत भएको र केही फँल छठमा खपत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्