घृणाकै कारण अभियुक्तले स्ट्रवेर्रीमा सियो हालिन्



सिडनी,(एजेन्सी)
एकजना अष्ट्रेलियाली महिलाले घृणा र इष्र्याकै कारण स्ट्रवेरीहरुमा लुगा सिउने सियोहरु राखेको सोमवार अदालतले जनाएको छ । यो काण्ड अष्ट्रेलियाको इतिहासकै सबैभन्दा कलँकित रहेको जनाइएको छ ।

गत सेप्टेम्वरमा घटेको यस घटनाको राष्ट्रव्यापि रुपमा गम्भीर अनुसन्धान गर्ने क्रममा आइतवार पचार वर्सिया माइ उत ट्रिन्हलाई प्रहरीले गिरफतार गरेको थियो । क्विन्सल्यान्ड प्रहरीका अनुसार ट्रिन्ह व्रिस्वेनको उत्तरुमा रहेको स्ट्रवेर्री फार्ममा सुपरभाइजरको रुपमा काम गर्ने गर्दथिन् ।

हालै मात्र अष्ट्रेलियामा यस प्रकारका अपराधका लागि संजाय बढाएर पन्ध्र वर्ष लामो कारावास बनाइएको छ । ट्रिन्ह विरुद्ध सातवटा अभियोग लगाइएको छ । तर उनले ति अभियोग विरुद्ध लड्ने वा नलड्ने स्पष्ट भइसकेको छैन ।
यसरी अप्रत्यासित रुपमा अष्ट्रेलियामा फैलिएको स्ट्रवेर्री संन्त्रास पछि न्युजिल्यान्ड सम्म पुगेको थियो । प्रहरीका अनुसार स्ट्रवेर्रीमा सिया भेटिएको १ स८६ वटा उजुरी परेकामा १५ वटा झुठा सावित भएको थियो । तर अझै ट्रिन्ह मात्र कतिवटा घटनाका लागि जिम्मेवार रहेको बताइएको छन ।

प्रहरीले भने सोमवार यस सम्बन्धी सम्पुर्ण अनुसन्धान समाप्त भएको औपचारिक घोषणा गरेको छ । व्रिस्वेनको अदालतका सुनुवाईको क्रममा भिक्टोरिया राज्यका स्ट्रवेर्रीमा ट्रन्हको डिएनए भेटिएको जनाएको छ । अदालतलाई उदरित गर्दै फेयरफ्याक्स मिडियाले ट्रिन्हले आफुले काम गर्ने फार्मलाई आथिर्क नोक्सानी गराउन चाहेको बताएके छ ।

प्रतिक्रिया दिनुहोस्