एमनेष्टि इन्टरनेसनलद्वारा सुकीको अवार्ड फिर्ता



वासिंगटन,(एजेन्सी)
संयुक्त अधिराज्य स्थित मानव अधिकारवादी संस्था एमनेष्टि इन्टरनेसनलले म्यान्मारका नेतृ आंग सान सुकीलाई दिइएको सम्मान मंगलवार फिर्ता लिएको छ । कुनै समयमा मानव अधिकार र प्रजातन्त्रका लागि अथक संघर्ष गर्ने गरेकी उनले अहिले आएर त्यसको विपरित काम गर्न थालेकीले उनी माथि यो कारवाही भएको एमेनेष्टि इन्टरनेसनलले जनाएको छ ।

एमनेष्टिका महासचिव कुमी नाइदुले आइतवार सुकीलाई एम्नेष्टि इन्टरनेसनल एम्वेस्सेडर अफ कनसाइन्स अवार्ड फिर्ता लिइने निर्णय भएको जानकारी गराएका थिए । विश्वकै निकै प्रतिष्ठित सो अवार्डबाट उनलाई सन् २००९ मा सम्मानित गरिएको थियो ।

नाइदुले सुकीलाई लेखेको पत्रमा यस्तो लेखिएको थियो , ‘ आज तपाई आशा , साहस , र मानव अधिकारको अथक रक्षकको प्रतिक नरहनु भएको लाग्दा अत्यन्तै गहिरो दुख लागेको छ । एमनेस्टि इन्टरनेसनलले तपाईंलाई यो पदक निरन्तर धारण गर्न नसक्ने निर्णय गरेको छ ।

त्यसकारण निकै दुखति महशुस गर्दै हामीले तपाईंबाट यस अवार्ड फिर्ता लिन्दैछौं । एमनेष्टिले शान्तिका लागि नोवेल पुरुस्कार विजयी सुकीले राष्ट्रमा मानव अधिकारको जगेर्णाका लागि राजनीतिक र नैतिक अधिकारलाई सही ढंगले प्रयोग गर्न नसकेकोमा आलोचना गरेको छ ।

एमनेष्टिले अल्पमत मुशिलम समुदाय रोहिँग्या माथि भएके सैनिक दमन र स्वतन्त्र अभिव्यक्ति माथि भइरहेको असहनिय हस्तक्षेपको प्रसंग अघि सारेको छ । कुनै समय अन्तर्राष्ट्रिय मानव अधिकार समुदायमा एक आदर्श उदाहरणिय व्यक्तित्वका रुपमा चिनिने सुकीलाई रोहिँग्या समुदायको आम नरसंहार रोक्न असफल रहेको आरोप लगाउँदै उनीबाट थुप्रै प्रतिष्ठित अवार्डहरु फिर्ता लिइसकेको छ

प्रतिक्रिया दिनुहोस्