इजरायली हवाई आक्रमणमा अल अक्सा टीभी भवन ध्वस्त



जेरुसलम (एजेन्सी)
गाजा स्ट्रिपमा मंगलबार इजरायली हवाई आक्रमणमा हमासको ‘अल अक्सा टीभी‘को भवन ध्वस्त भउको छ । प्रमुख आक्रमण अगाडी लगातार चेतावनी पुर्ण हमला भएको थियो । इजरायल र प्यालेस्टिनी लडाकुबीच हिँसा भडकेपछि उक्त हमला भएको हो ।

गाजामा नियन्त्रण गरि बसेका प्यालेस्टिनी लडाकु समुह हमासले गाजा सिटीमा उक्त भवन ध्वस्त भएको पुष्टि गरेको छ । साथै इस्लामिक जिहादीहरुले इजरायली कारवाहीको जवाफ दिने संकल्प लिएका छन् । घटनामा कोही पनि हताहत भएको तत्काल खबर आएको छैन । चेतावनी पुर्ण हमलापछि नै त्यहाँ काम गर्ने कर्मचारीहरु भवन खाली गरी निस्किसकेका थिए ।

मंगलबार गाजाबाट प्रहार गरिएको एक रकेटले दक्षिणी इजरायलमा एक अपार्टमेन्ट भवन ध्वस्त भएको बताइएको छ । इजरायली स्वास्थ्य सेवाले उक्त हमलामा एक ब्यक्तीको मृत्यु भएको पुष्टी गरेको छ । हमलामा एक महिला पनि घाइते भएको र उनको अवस्था गम्भिर रहेको जनाइएको छ ।
संघर्षले भिषण रुप लिन सक्ने

इजरायल र प्यालेस्टिनीबीचको तनावले विगत केही दिन देखि हिँस्रक रुप लिएको छ । यसले भिषण रुप लिन सक्ने आसंका गरिएको छ ।
प्लालेस्टिनी भुमीबाट प्रहार गरिएका रकेटले दक्षिण इजरायलमा एक भवन ध्वस्त भएको छ । उक्त आक्रमणमा एक ब्यक्तीको मृत्यु भएको बताइएको छ । सन् २०१४ को गाजा युद्धपछि इजरायलमाथि भएको यो अहिलेसम्मको सबैभन्दा ठुलो हमला हो । यसको जवाफमा इजरायली सेनाले पनि गाजामा प्यालेस्टिनी लडाकु समुहमाथि निसाना बनाइरहेको छ ।

सोमबार अपरान्हपछि गाजा तर्फबाट करिब ३ सय ७० रकेट प्रहार भएको इजरायलले दावी गरेको छ । ती मध्य करीब १ सयलाई प्रतिरोधी क्षेप्यास्त्रले ध्वस्त पारेको इजरायली सेनाले बताएको छ । इजरायली विशेष बलले गाजास्ट्रिपमा घातक अभियान चलाएपछि गाजाबाट उक्त रकेट प्रहार गरिएको हो ।

इजरायली सेनाका अनुसार गाजाबाट प्रति मिनेट एक भन्दा बढी रकेट प्रहार गरिएको थियो । सेनाले रकेट हमलाको एक भिडियो पनि जारी गरेको छ ।
गाजास्ट्रिपमा इजरायली सेनाको एक अभियानका क्रममा सोमबार सुरु भएको गोलाबारी तथा आक्रमण जारी रहेको बताइएको छ । सोमबार इजरायली आक्रमणमा ६ जनाको मृत्यु भएको प्योलेस्टिनी अधिकारीहरुले पुष्टी गरेका छन् । मारिनेमा हमासको ससस्त्र दस्ताका एक स्थानिय कमान्डर नुर बराका पनि भएको जनाइएकोछ । उक्त भिडन्तमा एक इजरायली सैनिकको पनि मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्