पाकिस्तान: अर्बौ डलर विदेशिए



इस्लामाबाद (एजेन्सी)
पाकिस्तान सरकारले करिब ५ अर्ब ३० करोड अमेरिकी डलर बराबरको सम्पती गैर कानुनी तरिकाबाट देशबाट बाहिर गएको जानकारी दिएको छ । प्रधानमन्त्रीका विशेष सल्लाहकार शहजाद अकबरले एक पत्रकार सम्मेलनमा भने, ‘हामीले अहिलेसम्म ५ हजार भन्दा बढी फर्जी खाताको पहिचान गरेका छौं, जसको उपयोग मुद्रा अपचलनका लागि गरिएका थिए ।‘

कथित मुद्रा अपचलनका माध्यमबाट उक्त सम्पती गैरकानुनी तरिकाबाट देशबा बाहिर गएको उनले जानकारी दिए । प्रधानमन्त्री इमरान खानले विदेशमा जम्मा गरेका अवैध सम्पती फिर्ता ल्याउन ‘एसेट्स रिकभरी युनिट‘को स्थापना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्