नेपाली भाषालाई कमजोर नबनाउन मन्त्रीको निर्देशन



नेपाल समाचारपत्र, लमजुङ
गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले नेपाली भाषालाई कमजोर नबनाउन मन्त्री पुनको प्याब्सलाई निर्देशन दिनु भएको छ । व्याब्सन लमजुङको आयोजनामा बेसीशहरमा आयोजना गरिएको प्याब्सन मिट– २०१८ को उदघाटन गर्दै त्यस्तो बताउनु भएको हो ।

उहाँले निजी विद्यालयले जनशक्ति उत्पादनका सिलसिलामा राज्यलाई सहयोग गरिरहेको कार्य तारिफ योग्य छ तर ती विद्यालयका गतिविधिले नेपाली भाषा कमजोर र लोप हुनु भएन, प्याब्सनलाई यो मेरो सल्लाह छ भन्नुभयो । उहाँले भन्नुभयो, ‘गएको दशैँमा आफ्नो गाउँकी बजारबाट तरकारी किनेर फर्कदै गरेको बोर्डिङ पढ्ने एक नानीलाई कति पैसाको तरकारी ल्यायौ भनेर सोद्धा ‘थट्री’को भनिन् त्यो भनेको नेपालीमा अति हो भन त ? भन्ने प्रश्न गर्दा उनी अकमकाइन् यस्तो हुनुभएन ।’

सामाजिक विकास मन्त्रालयको सबैभन्दा ठूलो जिम्मेवारी रहेको बताउँदै उहाँले भन्नुभयो ‘एउटा बालकले गर्भमा भ्रुणको रुप लिदै गर्दा उसको संरक्षण देखि उ जन्मिएर बुढो भएर मृत्यु पछि गरिने संस्कारसम्मका कुरा आफ्नो मन्त्रालयले हेर्ने जिम्मेवारी छ ।’ उहाँले प्रदेशस्तरको एक विश्वविद्यालय र प्राविधिक शिक्षालयको स्थापनामा प्रदेश सरकार लागि परेको जानकारी दिनु भयो । उहाँले आजसम्मको शिक्षा प्रमाणपत्र लिने र जागिरमा लाइन लाग्ने त्यो नभएपछि विदेश जाने प्रवृत्तीको न्यूनिकरणका लागि प्राविधिक शिक्षालयले काम गर्ने उल्लेख गर्नु भयो ।

प्याब्सनका जिल्ला अध्यक्ष तारानाथ घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपाको जिल्ला सन्यन्त्रका सदस्य कृष्णप्रसाद अधिकारी, नेपाली काँग्रेसका जिल्ला सभापती भेषबहादुर पौडेल, ब्यासनको केन्द्रीय सदस्य एवम् मस्र्याङ्दी गाउँपलिकाका अध्यक्ष अर्जुन गुरुङ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गोविन्द बस्नेतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । तीन दिनसम्म चल्ने सो प्रतियोगितामा २५ विद्यालयका छात्रछात्राले भाग लिएका छन् भने खेलकुदको १९ इभेन्टमा प्रतिस्पर्धा गराईने प्यासनका जिल्ला सहसचिव ज्ञानेन्द्र शर्माले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्