भारत जानेको लर्को



बाजुरा, जिल्लाका अधिकांश युवा दशैँ तिहार सकेर मजदुरी गर्न भारत जान थालेका छन् । चाडपर्व सकिएपछि कामको खोजीमा भारतका विभिन्न शहर जानेको लर्को लाग्ने गरेको छ ।

खेतबारीको उब्जनीले केही महीना मात्र पुग्ने भएपछि उनीहरु रोजगारीका लागि भारत जाने गरेका हुन् । दशैँ तिहार मनाउन घर आएका विद्यार्थी, कर्मचारी तथा अन्य पेशा व्यवसायका व्यक्तिसमेत कर्मथलो फर्किन थालेका छन् । सदरमुकाम मार्तडीसहित तिपाडा, ताँप्रीसेरा, बेतालमाडौँ, बाम्कालगायत ठाउँमा रहेका बस काउन्टरमा अहिले टिकट काट्नेको निकै भीड लाग्ने गरेको मार्तडी बस काउण्टरका सन्तोष डडालले बताउनुभयो । गाउँघर फेरि सुनसान बन्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्