निलाम्बर, सेताम्बर और राताम्बर



भारतको राजदूत पड्काउन प्रवुद्ध समूहको सदस्य बन्नुपर्दाेरहेछ भन्ने कुरा दुईतिहाई सरकारले आइतबार गरेको राजदूत नियुक्तिसम्बन्धी निर्णयबाटै पुष्टि भएको ठहर धरहराको छ । त्यतिमात्र होइन त्यहाँको राजदूत बन्ने योग्यता र क्षमता विभिन्न प्रकारको हुनुपर्नेरहेछ । एक त कम्युनिष्ट पार्टी छाडेको हुनुपर्दाेरहेछ । अर्काे काँग्रेसमा प्रवेश गरेर सभासद् पड्काउनुपर्नेरहेछ ।

त्यस्तै कहिले कम्युनिष्ट कहिले काँग्रेस बनेर दायाँ बायाँ गरिरहनसक्नुपर्दाेरेछ । हुन त कहिल्यै सेतो दारी नकाट्ने सेताम्बर, कहिले कम्युनिष्ट बन्ने या काँग्रेस भन्दै काँग्रेसतिर लाग्ने स्पष्ट रङ दिन नसक्ने निलाम्बर वा केपी ओली सरकार बनेपछिका राताम्बरकै तालुमा भारतको राजदूत बन्ने आलु फल्नुलाई अन्य केही कोणबाट हेर्नुपर्छ भन्ने धरहरालाइै लाइरा’छ । भारतको राजदूत बन्ने वामपन्थी शैलीेको व्यक्ति त्यत्रो कम्युनिष्ट पार्टीभित्र रहँदै रहेको रहेनछ । तर भएर पनि के गर्नु उताकाले पत्याइदिनुप¥यो नि ! निलाम्बरमा यति गनसक्ने क्षमता र परिपक्वता, पक्कै होला नि त ! उनकी जय ! सफल कार्यकालकी शुभकमना !!

प्रतिक्रिया दिनुहोस्