विश्व भ्रमणमा रहेको एयर बसको एयरक्राफ्ट द ए २२० काठमाडौंमा



काठमाडौं, (नेस)
एयर बसको नया“ अतिरिक्त व्यावसायिक एयरक्राफ्ट द ए २२० ले विश्व भ्रमणको क्रममा नेपाल आइपुगेको छ ।
ए२२०–३०० एयर बाल्टिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार र सोमबार प्रदर्शित गरिएको थियो । १४५ जना यात्रु बोक्ने क्षमता राख्ने यो एयरक्राप्ट चीन, नेपाल, टर्की र थाइल्यान्डको डेमो भ्रमणमा रहेको छ ।

१००–१५० सिट क्षमताको बजारका लागि निर्मित एक मात्र विमान ए २२० ले स्टेट अफ द आर्ट एरोडायनामिक, एड्भान्स्ड मटेरियल्स अनि प्राट एण्ड वाइट्नीको नया“ जेनेरेसनको भएकाले इन्जिनका अन्य विमानभन्दा २० प्रतिशत इन्धन बचत गर्ने कम्पनीको दाबी छ ।
उच्च हिमाली क्षेत्रमा भएका विमानस्थलका लागि उपयुक्त भनिएकोे विमानको ४०० भन्दा धेरै माग भइसकेको कम्पनीले जनाएको छ । ए २२० विमानले बजारमा १००–१५० सिट क्षमताका अन्य एयरक्राफ्को तुलनामा चा“डै राम्रो बजारलिने कम्पनीको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्