सिटिजन्स बैंक र बयोधा हस्पिटलबीच सम्झौता



काठमाडौं, (नेस)
सिटिजन्स बैंक इन्टरनेसनल र बल्खुस्थित बयोधा हस्पिटलबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत पारसकुमार काफ्ले तथा अस्पतालका तर्फबाट सञ्चालन विभागका जनरल म्यानेजर उत्तम थापाले हस्ताक्षर गर्नु भएको हो ।

यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट÷क्रडिट कार्डवाहक तथा कर्मचारीले बयोधा हस्पिटलमा उपचार गराउ“दा विशेष छुट पाउनेछन् ।

सिटिजन्स बैंक इन्टरनेसनलले ८० वटा शाखा, ७५ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ इकाईबाट करिब ३ लाख ५० हजार ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्