तलबभत्ता नपाएको भन्दै शिक्षक कर्मचारी आन्दोलित



सरिता चलाउने, सल्यान
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका शिक्षक कर्मचारीहरुले अहिले सम्म तलब भत्ता खान नपाएको भन्दै आन्दोलनको घोषणा गरेका छन । बनगाड कुपिण्डे नगरपालिकाको नगर सभा अहिले सम्म पनि बस्ना नसक्दा तलब भता नपाएको भन्दै आन्दोलनको घोषणा गरेका छन् । उनिहरुले नगरपालिका जनप्रतिनिधिको व्यक्तिगत स्वार्थमा अगाडि बढेको आरोप समेत लगाएका छन ।

दशै तिहार जस्तो महान चाडपर्वमा समेत शिक्षक कर्मचारीले तलव भत्ता खाना नपाएको भन्दै नगरभित्रका करिब ४ सय शिक्षक कर्मचारीहरुले आन्दोलनको घोषणा गरेका हुन । नगरपालीका भित्रका करिब ४ सय शिक्षक कर्मचारीहररुले तल भत्ता खान पाएका छैनन ।
अहिले सम्म शिक्षक कर्मचारीहरुले तलब भता देखि शिक्षक दरबन्दी मिलान लगाएत शिक्षक भर्ना बन्द भएको बताएका छन । आफुहरुको मेहनत बालुवामा पानी हाले जस्तो भएको र दशै तिहारमा पनि पहिलो पटक तलब खाना नपाएको बताएका छन ।

नगर कार्यपालिका आआफ्नो स्वार्थका कारण अहिले सम्म नगर सभा बस्ना नसक्दा नगरपालिका कर्मचारी, शिक्षक, वृद्ध भता अपांगता भत्ता, सुत्केरी लगाको भत्ता र सम्पुर्ण काम काज ठप्प रहेको जनाएका छन् ।

३ दिने अल्टिमेट दिदै, दरवन्दि मिलान, कर्मचारीको व्यवस्थापन,नगर शिक्षा कार्यालय व्यवस्थापन लगाएतका ८ वुद्दे ज्ञापनपत्र पेश गरेका छन् । शिक्षक महासघ जिल्ला अध्यक्ष मधुसूदन गिरि, बन्गाड कुपिण्डे शिक्षक महासघका अध्यक्ष अकबर पुन र महासंघका नगर सचिव शिवजग शाहले ज्ञापनपत्र पेश गरेका छन ।

नगर कार्यपालिका आआफ्नो स्वार्थका कारण अहिले सम्म नगर सभा बस्ना नसक्दा नगरपालिका कर्मचारी ,शिक्षक, वृद्ध भता अपांग लगाएत सम्पुर्ण काम काज ठप्प भएका छन ।

दशै तिहार जस्तो महान चाडपर्वमा समेत शिक्षक कर्मचारीले तलव भत्ता खाना नपाएकोमा नगर प्रमुख, उपप्रमुख र अन्य जनप्रतिनीधीले गैरजिम्बेवार ढंगले लागेको उल्लेख गरिएको छ ।
साथै शिक्षक कर्मचारीलाई पारश्रमिक नखुवाई अनिर्णयको वन्दी वनाई दुख दिने काम समेत भएकोले आज सोमबार देखि शिक्षक कर्मचारीको भेला गरेका छन । शिक्षक कर्मचारीका मागलाई सम्बोदन नगरे थप आन्दोलन गर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्