दुर्गम गाउँमा पुग्दै इन्टरनेट सेवा, स्थानीय सरकारलाई काम गर्न सहज



ललित सिंह, चैनपुर बझाङ
जिल्लाको निकै दुर्गम मानिने बिभिन्न ठाउँमा अहिले ईन्टरनेट सेवा सुचारु हुन लागिरेहको छ । ईन्टरनेट सेवा लागु भए पछि स्थानिय तहबाट हुने दैनिकी अफिसियल कार्यहरुमा सहज भएको निवार्चित जनप्रतिनीधिहरु बताउन्छन् । विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले यहा“का गाउ“ गाउ“मा इन्टरनेट सेवा विस्तार गर्न थालेका छन । निजी क्षेत्रका सेवाप्रदायक कम्पनीहरुले ग्रामिण क्षेत्रमा इन्टरनेटको सुविधा दिन थाले पछि विषेश गरी सरकारी तथा गैरसरकारी कार्यालय यो सेवा जडान गर्न थालेका हुन ।

स्तरिय मोवाईल सेवा पनि नपुगेका गाउ“हरुमा इन्टरनेटको सुबिधा पाए पछि कार्यालयका काममा निकै नै सहजता आएको उनिहरु बताउछन । ‘पहिला कुनै सुचना वा चिठी पत्र लिनका लागि दैनिक भ्रमण भक्ता दिएर कार्यालय सहयोगी नै सदरमुकाम पठाउनु पथ्र्याे’ जिल्लाको दुर्गम छविस पाथिभेरा गाउ“पालिकाका २ का वडा अध्यक्ष विकास अयडीले भने ‘इन्टरनेट जडान भए पछि यो समस्या हटेको छ’ उनको वडा सदरमुकाम चैनपुर भन्दा बाहीर रहेका स्थानिय तह मध्ये इन्टरनेट जडान गर्नेमा पहिलो हो ।

कार्यालयमा इन्टरनेटको सुविधा भए पछि संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयले जारी गर्ने नियम, विनियम र परिपत्रहरु समयमै प्राप्त हुने हुदा“ काम गर्न निकै नै सहजता थपिएको खप्तडछान्ना गाउ“पालिकाका अध्यक्ष बर्क बहादुर रोकायाको भनाई छ । ‘महिना दिन अघि नै मन्त्रालयले नियम बनाइ सकेको हुन्थ्यो हामीलाई ढिलो थाहा हुन्थ्यो’ उनले भने ‘हामीले त्यो जानकारी पाउन्जेल सम्म धेरै काम बिग्रिसकेको हुन्थ्यो’ कार्यालयमा इन्टरनेट जडान भए पछि अहिले मन्त्रालयले जारी गर्ने सुचना तथा विनियमहरु तुरुन्तै हेरेर कार्यान्वयन गर्न सजिलो भएको उनले बताए ।

वडा कार्यालयमा इन्टरनेट सुविधा पुगे पछि पंजिकरणको काम पनि अनलाइन प्रणालीमा गर्न थालिएको बताउदै जयपृथ्वी नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नरेन्द्र सिंहले भने ‘यसले व्यक्तीगत घटना दर्ता गर्ने कुरा त सहज भएको छ नै सामाजिक सुरक्षा भक्ता वितरण गर्ने प्रणालीमा पनि सुधार आएको छ’ ।

उनले इन्टरनेट नहुदा“ कागजमा मात्र व्यक्तीगत घटना दर्ता हुने भएकाले बालसुरक्षा, पोषण भक्ता आदीमा उमेर अद्यावधी गर्न गाह्रो हुने गरेको बताए । त्यसो हुदा“ कतिपय अवस्थामा सामाजिक सुरक्षा भक्ता वितरणमा नै गडबढी हुने गरेको उनको अनुभव छ ।
इन्टरनेटको पहु“चले स्थानिय निकायलाई मात्र नभएर विद्यालय तथा स्वास्थ्य संस्थाहरुलाई पनि काम गर्न सजिलो भएको छ । ‘कम्युटर, इन्टरनेट जस्ता विषय मात्र हैन । अरु विषय पढाउनका लागि पनि इन्टरनेट हाम्रो सहयोगी भएको छ’ सुर्मा माध्यमिक विद्यालयका प्रधानाध्यापक देवबहादुर पुजाराले भने ‘चाहिएको जानकारी तुरुन्तै खोजेर श्रव्य दृष्य माध्यमबाट विद्यार्थीलाई देखाउदा सिकाई उपलब्धी राम्रो भएको छ’ उनले दुर्गम ठाउ“मा देश विदेशका ताजा खबर प्राप्त हुनुका साथै शिक्षकको लागि सहयोगी सामाग्री जुटाउन पनि इन्टरनेटले सहयोग गरेको बताए ।

जिल्लाका सुर्मा, खप्तड छान्ना, छविस पाथिभेरा, मष्टा, दुर्गाथली र जयपृथ्वी नगरपालिकामा गरी ७० ठा“उमा इन्टरनेट जडान गरिएको छ । शिखर नेट प्राली र मर्कन्टाइल कम्युनिकेसन स“गको सहकार्यमा बझाङका दुर्गम गाउ“मा इन्टरनेट सेवा पुर्याउने काम स्थानिय नबयुग इलेक्ट्रोनिक्सले गरिरहेको छ । यो वर्ष भित्रै जिल्लाका २ सय ६२ वटा विद्यालय, स्थानिय तह, स्वास्थ्य चौकी र विभिन्न गैरसरकारी संस्थाहरु इन्टरनेट सेवा जडान गर्ने लक्ष्य रहेको नवयुग इलेक्ट्रोनिक्सका संचालक जनराज जोशीले बताए ।

जिल्लाका विभिन्न छ ठा“उमा आफ्नै टावर निर्माण गरिएको र केही ठाउ“मा स्थानिय रेडियो र निजी मोवाइल सेवाप्रदायकहरुको टावर प्रयोग गरेर वायरलेस मोडियम प्रविधिबाट इन्टरनेट जडान गर्ने काम भैरहेको उनले बताए । यो प्रविधिको पहु“च विस्तार गर्न नसकिने अति दुर्गम स्थानको लागि भिस्याट (स्याटलाइट) प्रविधिको इन्टरनेट जडान गर्न पहल भैरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्