पर्सा ३ मा नेकपाको दाउ



कृष्णउदास खनाल, वीरगन्ज
हरि नारायण रौनियार २०७४ सालमा सम्पन्न भएको निर्वाचन अघि एक ठेकेदारको रुपमा चिनिन्थे । २०७४ साल मंसिर २१ ग्ते हुने संघीय चुनावमा फोरमले तत्कालिन एमालेका नेता राज कुमार गुप्ताका बिरोधी खोज्यो । उनको एक मात्र बिरोधी रौनियार काँग्रेस सँग अघोषित रुपमा मिलेपछि चुनाव जितिन्छ भने पनि उनलाई टिकट दिन फोरम तयार भयो र रौनियार चुनावमा उठे र गुप्तालाई हराउदै सांसद पनि बने तर उनले संचालन गरेको पप्पु निर्माण सेवा(कन्टक्सन)का कारण उनको संसद पद चिप्लिएपछि अब पर्सा क्षेत्र नम्बर तीनमा चुनावी चर्चा पो चल्न थालेको छ ।

संसद सचिवालयले हरि नारायण रौनियारको सांसद पद च्यूत भएको जानकारी एक महिना अघि नै दिएको भए पनि अहिले यसले चर्चा पाएको छ । अब पर्सा क्षेत्र नम्बर तीनमा उप चुनाव हुने कुराले राजनीतिक सरगर्मी फेरि बढेको छ ।

नेकपा निकट मानिने पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जराले सोमबार आफ्नो फेसबुक पेजमा संसद सचिवायले खोसेको रौनियारको पदको पत्र शेयर गर्दै अब तीन नम्बर क्षेत्रमा चुनावी माहौल शुरु भएको जिकिर गरे । उनले उपचुनाव हुने र नेकपाबाट उम्मेदवार गुप्ता नै भइ जीत सुनिश्चित रहेको बताए । पर्सा क्षेत्र नम्बर तीनबाट २०७० सालको चुनावमा पनि राज कुमार गुप्ताले नै जित हासिल गरेका थिए । २०७२ सालमा भएको मधेश आन्दोलनका क्रममा गुप्तामाथि पटक पटक आक्रमणको प्रयास भएको थियो भने उनको घरमा आगजनी समेत गरिएको थियो ।

तर,पप्पु निर्माण सेवाले भने हरि नारायण रौनियार हाल उक्त संस्थामा नरहेको बताउदै आएको थियो । पप्पुले जिम्मा लिएको देशभरका सबैजसो योजनाहरु असफल भएको र काम पनि गुणस्तरहिन भएको उजुरी परेपछि छानबिनका लागि भन्दै रौनियारका बिरुद्ध मुद्दा परेपछि उनको पद निलम्बनमा परेको हो । रौनियारले भने छोरा सुमितलाई पप्पुको जिम्मा सुम्पिएका थिए ।

प्रतिक्रिया दिनुहोस्