वर्षमानको आशंका- परिवर्तन नचाहने शक्तिले विप्लवलाई प्रयोग गर्न सक्छन्



महेश न्यौपाने, रोल्पा
उर्जा जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई देशमा पछिल्लो पटक भएको रुपान्तरण नचाहाने शक्तिले प्रयोग गर्न सक्ने आशंका व्यक्त गरेका छन । मन्त्री पुनले सोमवार सदरमुकाम लिबाङमा आयोजित एक कार्यक्रममा वताएका हुन ।

जनताको त्याग, तपश्या र वलिदानी स्वरुप आएको संघीयता, धर्मनिरुपेक्षता, समावेशीकरण र गणतन्त्र मन नपरेका शक्तिहरु सलवलाउन लागेको वताउदै तीनै शक्तिले विप्लवजीहरुलाई पनि प्रयोग गर्ने संभावना देखिएको छ मन्त्री पुनले भने । संक्रमणकालको केही अंश अझै वाँकी रहेको वताउदै यस्तो अवस्थाको फाईदा उठाएर परिवर्तन उल्टाउने हर्कत देखिन थालेका छन मन्त्री पुनले भने ।

पछिल्लो राजनैतिक परिवर्तनमा महत्वपूर्ण योगदान रहेका विप्लवजीहरुलाई परिवर्तन उल्टाउने टुल्सको रुपमा प्रयोग गर्ने संभावना छ मन्त्री पुनले भने ।

दश वर्षे शसस्त्र युद्धमा आफुहरु संगै लडेको स्मरण गर्दै मन्त्री पुनले पुरानै तरिकाले युद्ध संभव नभएको समेत सुझाव दिए । संविधानमा चित्त नवुझे जनमतबाट संशोधन गर्न सकिने भएकाले जनताको मतमा विश्वास गर्न आग्रह समेत गरे । संविधान अपरिवर्तनिय नभएको वताउदै जनमतका आधारमा आफुले भने अनुसारको संविधान संशोधन गर्न सकिने मन्त्री पुनको भनाई थियो ।

शान्ती प्रकृयामा असन्तुष्टी हो भने कहाँ कहाँ असन्तुष्टी हो वसेर वहस गरौ मन्त्री पुनले भने । राज्य विगत जस्तो कमजोर नभएको वताउदै राज्यलाई चूनौती दिने गरि हिंसात्मक गतिविधि भए टुलुटुलु हेरेर नवस्ने मन्त्री पुनको चेतावनी थियो । विगतमा देशका विभिन्न स्थानमा बम पड्काएर आतंक सिर्जना गरेको, जवरजस्ती चन्दा उठाएको तथा विभिन्न स्थानमा सैन्य तालिम गरेर समाजमा भय र आतंक सिर्जना गर्न खोजेका कारण राज्यले कानूनी कारवाही अगाडी वढाएको मन्त्री पुनको भनाई थियो । राज्य सवैको अभिभावक भएका कारण जनताको ज्यूधनको सुरक्षा गर्न जस्तो सुकै कदम चाल्न पछि पर्दैन मन्त्री पुनले भने ।

एक अर्को प्रसंगमा मन्त्री पुनले मन्त्रीमण्डल फेरवदलको कुनै संभावना नरहेको वताएका छन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दोश्रो तहका अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र मानिने मन्त्री पुनले एक आर्थिक वर्ष समाप्त नहुदै मन्त्रीको कार्यसम्पादन संभव नभएकाले कार्यसम्पादनका आधारमा मन्त्रीमण्डल फेरवदल हुने हल्ला मात्रै भएको टिप्पणी गरे । पूर्व माओवादीको प्रभावशाली नेता मानिने पुनले विपक्षीले सरकार ढाल्न सक्ने अवस्था नभएका कारण हल्ला फिजाएर सरकारलाई अस्थीर वनाउने गरि सामाजिक संजालहरुमा यस्तो हल्ला आएको वताए । पार्टीमा विवाद रहेको भन्ने प्रश्नमा मन्त्री पुनले ठूलो पार्टी भएका कारण केही नेताहरुमा कुनै विषयमा असन्तुष्टी हुन सक्छ मन्त्री पुनले भने । छठ लगत्तै वस्ने स्थायी समितिको वैठकले सवै विषयको टुंगो लगाउने मन्त्री पुनको भनाई थियो ।

तिहार मान्न गृह जिल्ला रोल्पा आएका मन्त्री पुन संग रिपोटर्स क्लव नेपाल जिल्ला शाखा रोल्पाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री पुनले उक्त कुरा वताएका हुन । साक्षात्कार कार्यक्रममा मन्त्री पुन संगै पूर्व सभामुख ओनसरी घर्तीमगरको समेत उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्