घुँडामार शैली, यायावर नेपाली र ‘मि टु’ अभियान



-पेशल आचार्य
गाउँघरलाई फेरि एक वर्षका लागि फुङ्ग र रित्ता बनाउँदै शहरमा काम गर्ने लाखौंलाख मानिस धमाधम शहर पसिरहेका छन् । सडक यातायातका लावालस्कर साधनले सडक खचाखच देखिएका छन् । नेपाली हिन्दूहरूको महान् चाड दशैँ–तिहार सकिएको अवस्था छ ।

दशैँका सन्दर्भमा जहिल्यै पनि गाउँ र शहरको उल्टो अंकगणीतीय सम्बन्ध रहेको पाइन्छ । दशैँमा शहरहरू सुनसान हुन्छन् भने गाउँघरहरू गुल्जार । तर अहिले नेपाली समाजशास्त्रीहरू मुखमा अमिलो पानी ल्याएर भन्दै छन्– यतिखेर दशैँको मौलिकता न गाउँमा छ न शहरमा । नेपाली समाजमा आएको अकाशिँदो परिवर्तनले नेपाली समाज यतिखेर संक्रमणमा छ– न पूरै आधुनिक, न पूरै पुरातन । जति–जति नेपालीहरू आधुनिक रहनसहन र विकसित शैलीमा जीविकोपार्जन गरिरहेका छन् उति–उति नेपाली मौलिक संस्कृतिको परिचय प्रदान गर्ने दशैँ–तिहारजस्ता चाड ओरालो लागिरहेका छन् । यो आउँदो नयाँ पुस्ताका लागि कुनै पनि दिन किंवदन्तीसमेत बन्न सक्छ ।

दशैँ–तिहारमा जसै हिसाबले शहरहरू रित्ता हुन्छन्, सोही हिसाबले गाउँघरहरू भरिन्छन् । घरदेश र परदेशमा विभिन्न शारीरिक र मानसिक काममा लागेकाहरू र घरकै लागि रगत–पसिना चुहाउने नेपाली दाजुभाइ र दिदीबहिनीहरू छोटो र लामो छुट्टी लिएर आ–आफ्ना गाउँघर आउँछन् । दशैँ–तिहारमा निःशुल्क प्राप्त हुने ग्राम्य जीवनका राम रमाइलाहरूलाई दुई–चार शब्दमा वर्णन गरेर कहिल्यै सकिन्न । सो व्यहोर्न गाउँघर नै पुग्नुपर्छ ।

हरेक दशैँ–तिहारमा लाखौंको संख्यामा संसारभरि छरिएर रहेका नेपालीहरूले स्वेदशमा रहेका आफ्ना पारिवारिक सदस्य, नातागोता, गाउँघर, बाल्यजीवन र विगतलाई एकैपल्ट सम्झन्छन् र ‘नोस्टाल्जिक’ हुन्छन् । ‘डायोस्पोरा’ मा बसेर उनीहरू आफूले घर र देशमा ‘मिस’ गरेका अनेकौं भोगाइका गुत्थीहरू कथा, कहानी, निबन्ध र गीतमा कल्पिरहेका हुन्छन् । घर सम्झेर उनीहरू आउन पाउँदा भने तामझामका साथ स्वदेश आउँछन् । नपाउँदाका क्षणमा नेपालीहरूसँग मिलेर जो जहाँ छ त्यहीँ राम रमाइलो गर्छन् । अहिले नेपालीहरू नपुगेका देश र ठाउँ छैनन् । अझ विगत केही वर्षदेखि एनआरएनले विदेशमा छरिएर रहेका नेपालीहरूलाई जोड्ने काम सुकाम पनि गरेको छ । खाडीका केही देशहरू, मलेसिया, कोरिया र मध्यपूर्वका केही देशमा गएका नेपालीले पाएका दुःखका कहिरनहरू बेलाबखत नेपाली सञ्चारमाध्यममा समाचारहरूसमेत बन्ने गरेका छन् । अमेरिका, बेलायत, क्यानाडा र अस्ट्रेलियामा बसोबास गर्ने, राम्रो काम र कुस्त दाम कमाउने नेपालीहरूको तरक्की भने अलि राम्रो देखिएको÷सुनिएको छ ।

यस सरकारले नै ‘सिन्डिकेट’ खडा गरेर चिनी तीतो तुल्याउने काम ग¥यो । त्यस्तै यातायात क्षेत्रमा लामो समयदेखि रहेको सिन्डिकेट अन्त्य गर्ने सरकारको गुलियो बचनलाई सत्तोसराप गर्दै राजधानीबाट मात्रै करिब २६ लाख यात्रुहरू बाहिरिए तर यातायात क्षेत्रको ‘माखे साङ्लो’ भने सरकारले तोड्न सकेन । तिहार पनि बितिसक्यो, सिन्डिकेट तोडिएको अनुभूति यात्रीहरुले गर्न सकेनन् ।

यता देशमा दशैँको मैझारोसँगसँगै नेपाली राजनीति क्रमशः तात्ने केही परिघटनाहरू पनि देखिन थालेका छन् । बहालवाला मन्त्रीहरूको विगत ७ महिनाको कार्यशैली मूल्याङ्कन गर्दै प्रधानमन्त्रीले प्रत्येक महिनाको ७ गते मन्त्रालयको प्रगति विवरण बुझ्ने कार्यको घोषणा सरकारले नै गरेको छ । यो राम्रो कामको शुरूआत हो र रोकावट आएन भने यसले राम्रो परिणामलाई निम्त्याउँछ । सरकारको साखलाई यस्तै कार्यहरूले जनताका बीचमा लोकप्रियसमेत बनाउँछन् । यसै बीच कार्यसम्पादनका आधारमा केही मन्त्रीहरूलाई प्रधानमन्त्रीले ‘रातो कार्ड’ देखाउने गाइँगुइँ दशैँअघिकै अखबारहरूले समाचारका रूपमा चुहाइसकेका छन् । नेकपाका प्रभावशाली नेता वामदेव गौतमको ‘चोरबाटो’ बाट संसद् सदस्य हुने ‘लालसा’लाई सामाजिक सञ्जालमा भएको उनको कार्यको अत्यधिक विरोध र नेकपाकै सचिवालय बैठकले हाललाई रोकिदिएको छ ।

कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा संलग्न अभियुक्तहरूलाई सरकारले अझै पक्रन सकेको छैन भने अर्कातिर सरकारकै गृहमन्त्रीले ‘बलात्कार’का घटनालाई ‘पुँजीवादी जामा’ पहि¥याई दिएर पानीमाथिको ओभानो हुने काम गरे पनि सो घटनामा संलग्न भनेर आरोपित एसएसपी डिल्लीराज विष्टलगायत अर्का एकजना इन्सपेक्टरलाई प्रहरी प्रधान कार्यालयले सेवाबाट बर्खास्त गर्ने सिफारिस सरकारसमक्ष गरेको कुरासमेत बाहिर आएको छ । पाँच वर्षका लागि दुई तिहाइ मतबाट अनुमोदित सरकारका केही काम भने विगत ७ महिनामा लर्खराएका देखिन्छन् । दशैँको मुखमै आएर स्वयम् सरकारले नै ‘सिन्डिकेट’ खडा गरेर चिनी तीतो तुल्याउने काम ग¥यो । त्यस्तै यातायात क्षेत्रमा लामो समयदेखि रहेको सिन्डिकेट अन्त्य गर्ने सरकारको गुलियो बचनलाई सत्तोसराप गर्दै राजधानीबाट मात्रै करिब २६ लाख यात्रुहरू बाहिरिए तर यातायात क्षेत्रको ‘माखे साङ्लो’ भने सरकारले तोड्न सकेन । तिहार पनि बितिसक्यो, सिन्डिकेट तोडिएको अनुभूति यात्रीहरुले गर्न सकेनन् ।

तरकारी व्यापारमा देखिएको सिन्डिकेट अन्त्यका लागि पाइला चाल्न नपाउँदै अनुगमनमा गएका सरकारी अधिकारीहरूलाई नै बिचौलियाहरूले कालीमाटी फलफूल तथा तरकारी थोक बजारमा थुनेर आफूहरू दह्रिलो भएको धमास देखाए । सडक, पुल, बिजुली र ठूल्ठूला आयोजनाहरूमा समयमा काम गर्न नसक्ने ‘कामचोर’ ठेकेदारहरूलाई बचनका ठिँगुरामा हाल्ने र कायदा कानुनको घेरामा ल्याउने भन्ने सरकारको आश्वासनले हावा खायो । पप्पु कन्ट्रक्सनका मालिक भनिएका सांसद हरिनारायण रजौरियालाई निलम्बन मात्र गरेर जनताका आँखामा छारो हाल्ने काम भयो । उनीमाथि थप के कारबाही भयो ? सो भने बेखबर छ । डा. गोविन्द केसी आफूसँग सरकारले गरेको प्रतिबद्धता पूरा नगरी संसद्को वर्षेकालीन सत्र अन्त्य गरिएकोमा पुनः सत्याग्रहमा बस्ने चेतावनी दिँदै छन् । होनहार युवा भनिएका पर्यटनमन्त्री रवीन्द्र अधिकारी र नेवानिका कार्यकारी निर्देशक सुगतरत्न कंसाकार तोकिएको मध्यस्थभन्दा बाहिर गएर कमिसनका चक्करमा परी खरिद गरिएको नेवानिको वाइड बडी जहाज खरिद प्रकरणमा सार्वजनिक लेखा समितिमा तानिए । महालेखाले सो खरिद प्रकरणका सबै फाइलहरू झिकाएको छ । अर्का होनहार सञ्चारमन्त्री दूरसञ्चार प्राधिकरणमा दिगम्बर झाको पुनर्नियुक्ति प्रकरणमा सर्वथा आलोचित बनेका छन् ।

प्रदेशस्तरीय कानुनहरू नबन्दा मुख्यमन्त्रीहरू आफूहरूलाई केन्द्र सरकारले ‘सीडीओ’को जति पनि अधिकार नदिएको’ भन्दै एकातिर रुष्ट बनेका छन् भने अर्कातिर केन्द्र सरकार र प्रदेश सरकारका बीच क्रमशः दूरी बढ्दै जाँदो छ । पोखरामा प्रदेश मुख्यमन्त्रीहरूको डाकिएको भेलाबाट रिसाएर प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री अध्यक्ष हुने प्रदेश समन्वय परिषद्को मुखैमा आएको बैठक पनि अनिश्चित कालका लागि पछि धकेलिएका छन् ।

सो बैठक अझैै बस्न सकिरहेको छैन । हुँदा–हुँदा प्रदेश नं. २ ले ‘प्रहरी भर्नासम्बन्धी विधेयक’ सत्तारुढ दल, नेकपा प्रदेश नं.२ का सदस्यको विरोधका बाबजुद पनि ‘बहुमतले पारित गरेर’ आफैँ आफ्नो प्रदेशका लागि प्रहरी भर्र्ना गर्न सक्ने कानुन निर्माण गर्न लागेको छ । हुन त यो घटनाको केन्द्रका सम्बन्धित संसदीय मामला मन्त्रीले विरोध गरी त्यो कानुन कार्यान्वयन हुन नसक्ने कुरा सार्वजनिक गरिसकेका छन् । भन्नलाई अहिले स्थानीय, प्रदेश र केन्द्र गरी कुल ७६१ वटा सरकारहरू पूर्व मेचीदेखि पश्चिम महाकालीका जनतामा शासन गरिरहेका छन् । स्थानीय सरकार जसको नेतृत्वमा भए पनि ती स्थानमा पक्ष–विपक्षको भावना नगरी विकास र निर्माणका कार्यलाई अघि बढाउने र जनताका दैनन्दिन कार्यमा सहयोग गर्ने हो भने जनतामा यति धेर निराशा आउने थिएन । करको दरले पनि अहिले जनता आत्तिएको अवस्था छ । अहिले ७५३ वटै स्थानीय तहमा आर्थिक विकासका लागि अपरिहार्य मानिने कालोपत्रे सडक, प्राविधिक शिक्षालय र बैंकहरू स्थापना भैसकेका छैनन् । जनताले आफ्नो बैंकिङ कार्यहरू गर्नका लागि जिल्ला प्रशासनिक एकाइ (पुरानो जिल्ला सदरमुकाम) सम्म आउनै पर्ने तीतो बाध्यता छ ।

दशैँको कुरा गर्ने हो भने, पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग ‘घुँडा टेकेर’ लगाएको टीकाको तस्वीर सामाजिक सञ्जालमा विरोध भैराखेको छ । गणतन्त्रकालीन राष्ट्रपतिसमक्षमा टीका ग्रहण गर्दा पूर्व उच्चपदस्थ अधिकारीले जुन अशोभनीय पारामा आफूलाई प्रस्तुत गरे त्यसले हाम्रो संस्कार र चरित्रको सप्रसङ्ग व्याख्या गरेको छ । यस्ता कुराहरूमा अब हाम्रा संवैधानिक प्रमुख र पूर्वप्रमुखहरूले ख्याल गर्नुपर्ने र समयअनुसार चल्न सिक्नुपर्ने नत्र सधैँभरि ‘बडाले जो ग¥यो काम, हुन्छ त्यो सर्वसम्मत’ नहुने कुरा पनि बुझ्नु आवश्यक देखिएको छ ।

यतिखेर महिला हिंसाका घटना जसरी नेपाली प्रेसले प्राथमिकता दिएर वर्तमान परिस्थितिमा प्रकाशन र प्रसारण गरेका छन्, त्यसले नेपालीहरूमा बौद्धिक चेतना वृद्धि भएको र अब गाउँ–शहर सबै स्थानका महिलाहरू हिंसा सहेर बस्न नसक्ने चित्र पनि प्रस्तुत गरिरहेका बेला छिमेकी देश भारतमा समेत मिटु अभियानले भारतीय केन्द्रीय क्याबिनेट राज्यमन्त्री एम.जे.अकबरले राजीनामा गरेका छन् । त्यस्तै, भारतीय इन्डियन आइडलका जज अनु मलिकले राजीनामा दिएका छन् भने थुप्रै कलाकार, पत्रकार, लेखक र नेताले आ–आफ्नो पद गुमाउनुपरेका घटनाहरू बाहिर आएका छन् । सञ्चारको यो अधिकतम् विकास भएको समयमा सार्वजनिक जीवन बाँच्ने र ‘सोसियल प्रपर्टी’ मानिने नेता, मन्त्री, कलाकार, वकिल, पत्रकार र प्राध्यापकहरूले समेत आ–आफ्नो थात ठेगानमा बस्नुपर्ने देखिएको छ । जीवनभरि लगाएर कमाएको व्यक्तित्व केही घन्टामै चट हुने अवस्था आइनलागोस् ।

 

 

प्रतिक्रिया दिनुहोस्