दक्ष जनशक्ति निर्माणमा सघाउन चीन तयार



नेपाल समाचारपत्र, काठमाडौं । चीनको छात्रवृति परिषद्का उपमहासचिव चाङनिङले मुलुकका लागि आवश्यक जनशक्ति निर्माणमा नेपाललाई सघाउन चीन तयार रहेको बताउनभएको छ ।

अरनिको समाजको निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका परिषद्को टोलीलाई स्वागत गर्दै समाजले राजधानीमा आयोजना गरेको एक समारोहमा उपमहानसचिव निङले सो कुरा बताउनुभएको छ ।

नेपाल चीनको असल छिमेकी रहेको उल्लेख गर्दै उहा“ले अरनिको समाजको संयोजनमा नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षाको लागि छात्रवृति दिन पाउ“दा चीन सरकार र जनताले खुशीको अनुभूति गरेको धारणा राख्नुभयो । परिषद्ले चीन समेत गरी नेपाल तथा विश्वका विभिन्न देशका विद्यार्थीहरुको लागि वर्षेनी १ लाख २६ हजार छात्रवृति उपलब्ध गराउ“दै आएको छ ।

सो अवसरमा समाजका अध्यक्ष डा.सर्वोत्तम श्रेष्ठले परिषद्ले नेपाली विद्यार्थीहरुको लागि उच्च शिक्षा प्रदान गरी देशका लागि योग्य जनशक्ति निर्माणमा पु¥याएको कार्यप्रति सराहना गर्नुभयो ।

दुई देशका जनताबीच सम्बन्धलाई प्रगाढ बनाई आपसी हितको कार्य गर्ने उद्देश्यले स्थापित समाजको उद्देश्यलाई मूर्त रुप दिन परिषद्ले महत्वपूर्ण योगदान पु¥याएको बताउ“दै डा. श्रेष्ठले यस कार्यलाई निरन्तरता पाइरहने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा समाजका उपाध्यक्ष डा. मनोजमान श्रेष्ठले परिषद्ले नेपाललाई उच्च प्राथमिकता राखेर छात्रवृति प्रदान गरिरहेको उल्लेख गर्दै यसले दुई देशको जनस्तरको सम्बन्धमा नया“ आयाम थपेको धारणा राख्नुभयो ।

सो अवसरमा २०२० सालमा चीनमा पढ्न जानुभएका डा. महेशमान श्रेष्ठले देखि चीनमा पढेर नेपाल फर्किएका पुराना तथा नया“ पुस्ताका व्यक्तिहरुको सहभागिता रहेको थियो । परिषद्को टोली परराष्ट्र मन्त्रालय, शिक्षा मन्त्रालय, त्रिभुवन विश्वविद्यालयमा हुने बैठकमा पनि सहभागी हुने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्