तातोपानी कुण्डमा नुहाउन प्रचण्ड म्याग्दी पुगे



काठमाडौं । नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तातोपानी कुण्डमा स्नान गर्न  म्याग्दी पुगेका छन् । साथमा पत्नीस र संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा बादल पनि रहेका छन् । नेपाली सेनाको हेलिकप्टरबाट म्याग्दी पुगेका प्रचण्डले गृहमन्त्री थापासँगै तातोपानी कुण्डमा नुहाएका छन् ।

प्रचण्डको साथमा पत्नीका अलावा छोरी गंगा दाहाल लगायत परिवारका अन्य केही सदस्य पनि छन् । बेनीस्थित होटल याकमा बसेका प्रचण्ड तीन दिन त्यतै रहने र नियमित तातोपानी कुण्डमा स्नान गर्ने जानकारी प्राप्त भएकाे छ ।प्राकृतिक चिकित्सालय बेनीका अनुसार तातोपानी कुण्डमा स्नान गर्दा छालासम्बन्धी रोग निको हुन्छ । यो कुण्ड म्याग्दी लगायत आसपासमा निकै प्रसिद्ध छ । प्रचण्ड पत्नी सीता लामो समयदेखि अस्वस्थ भएकै कारण उनलाई उपचारकै सिलसिलामा तातोपानी नुहाउन म्याग्दी लगिएको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्