बहु प्रतिक्षित फिल्म ‘ जामन: गुभाजु ’ चाँडै दर्शक माझ



काठमाडौं । केहि दिनपछि नै प्रर्दशन हुन गइरहेको तथा दर्शकहरुले निकै उत्सुकताका साथ प्रतिक्षा गरिरहेको नेपाली भाषाको ऐतिहासिक चलचित्र ‘ जामनः गुभाजु ’ का निर्देशक तथा निर्मातामध्ये एक रवि सायमी बताउँछन् , ‘ यो फिल्म हामीले पैसा कमाउने उद्देश्यले भन्दा तत्कालिन नेवार समाज , नेवार संस्कृति तथा देश हितका लागि अमुल्य योगदान दिने नामुद तान्त्रिक जामन गुभाजुको जीवन कथालाई समेट्न यो फिल्म बनाइएको हो ।

उनका अनुसार काठमाडौको मुसुम्वहा निवासी जामनः गुभाजु करिव चार सयवर्ष अघि राजा प्रताप मल्लको शासनकालका नामुद तान्त्रिक थिए् । उनले देशमा सहकाल ल्याउन प्रताप मल्ललाई दिक्षा दिई काठमाडौंको ब्रम्हटोल स्थित ‘ जप तुं ’ ( १२ वर्षे इनार भित्र पठाइ स्वयम्भुको शान्तिपुरबाट निकालेको किंवदती अत्यन्तै प्रख्यात रहेको बताएका छन् ।

देशमा पानीको हाहाकार भएपछि जनता राजा प्रताप मल्लकहाँ गुहार्न गए । सिन्दुर जात्रा गरी देशमा सहकाल ल्याउनका लागि जामनः गुभाजुबाटै दिक्षित राजाले शान्तिपुरमा गएर नागको रगतबाट लेखिएको पुस्तक ल्याउर गुभाजुलाई दिएको कथा पनि यसमा समावेश छ ।
यसैबिच त्यतिवेला हिन्दुस्तानबाट आएका एक चटकेले देशमा भ्रम फैलाइरहेकाले उनलाई आफ्नो तन्त्र बिद्याबाट आछु आछु पार्दै देशबाटै लखेटेको कथा लगायत जामनः गुभाजुको निजी जीवनलाई फिल्ममा उतारेको निर्देशक सायमी बताउँछन् ।

दि वाइल्ड बसल्स प्रडक्सनका मन्दिरा मानन्धर र जेस्सी पेन्नी इन्टरटेन्टमेन्ट राजेन्द« भक्त श्रेष्ठले यस फिल्मको खर्च चालिस लाख नाघेको बताएका छन् ।

नेपालमा मात्र नभइ यस फिल्मले अन्तर्राष्ट्रिय जगतमा समेत विशेष छाप छोड्ने दावी निर्माण तथा निर्देशन पक्षले दावी गरेका छन् । सायमिका अनुसार तिहार लगत्तै प्रदर्शन गर्ने तयारीमा रहेको यो फिल्ममा भिएफएक्स र कलर ग्रेडिंगमै धेरै खर्च भइरहेको छ ।
उनले भने , ‘ सहारा लिएका हौं तत्कालिन परिवेश र समयलाई हुबहु ढाल्नका लागि विेशेष सिने प्रविधि भिएएफएक्सको सहारा लिएका हौं । फिल्मको चालिस प्रतिशत भागमा त भिएफएक्स प्रविधिलाई प्रयोग गरेका छौं । वास्तवमा नेपाल भाषाका फिल्म कम बजेटको हुनेहुनाले प्रायशः कलर ग्रेडिंग हुने गर्दैनथ्यो ।

‘ धेरै लगानी गरेर फिल्म बनाउँदा पनि नेपाल भाषाका फिल्मलाई प्रदर्शनमा भने समस्या नै रहेको छ । भाषिक फिल्म भएकोले फिल्म वितरणमा नै प्रमुख समस्या भइरहेको छ । अहिलेको अवस्थामा फिल्म हलमा लगाउने त सम्भवै छैन भने पनि हुन्छ ।

नेपाल भाषाका फिल्महरु पहिलेदेखि नै च्यारिटी शोको रुपमा देखाउँदै आइरहेको छ । अहिले हामीले पनि त्यस्तै गर्नुपर्ला । यसको लागि नेपाल भाषाका विभिन्न संघसंस्थाले सहयोग गर्दैछन् । फिल्ममा साउन्ड सिस्टम देखि लिएर सबैमा अत्याधुनिक एवं गुणस्तरिय प्रविधि प्रयोग गरिएकाले पनि हामी यस फिल्मलाई रामै्र हलमा निरन्तर प्रदर्शन गर्ने पक्षमा रहेका छौं ’ रवि सायमि बताउँछन् ।

यस फिल्ममा मुख्य पात्र जामनः गुभाजुका भुमिको सुशिल राजोपाध्यायले निभाएका छन् भने अन्य कलाकारमा सरस्वती मानन्धर , अर्णपुर्णेश्वरी श्रेष्ठ, पुष्कर भक्त माथेमा, ओमशंकर श्रेष्ठ , साकार पन्त, संघ रत्न शाक्य, सुलोचना श्रेष्ठ, उदेन न्हुसायमि , मन्दिरा मानन्धर र लक्ष्मीनाथ तिमिल्सिना आदि रहेका छन् । सुशिल राजोपाध्यायको कथा र पटकथामा बनेको यस फिल्मका क्यामराम्यान भवानी सिलाकार रहेका छन् ।

साथै यस फिल्मको संवादको अँग्रेजी सवटाइटल्स ओमशंकर श्रेष्ठले लेखेका छन् । गायक गायिकामा गौतम दास मानन्धर , सतिश महर्जत, सरिता महर्जन र रत्नशोभा महर्जन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्