ग्रामिण क्षेत्रमा रिचार्ज कार्डमा मनपरी मुल्य लिईदै



विमल बिष्ट, डोटी ।
डोटी जिल्लाका ग्रामिण भेगहरुमा नेपाल टेलीकम र एनसेलका प्रिपेड रिर्चाज कार्डहरुमा अधिकतम खुद्रा मुल्यमा भन्दा पनि मनपरि रकम लिने गरेको पाईएको छ ।

जिल्ला सदरमुकाम भन्दा बाहिर रहेका सबै जसो ग्रामिण भेगहरुमा व्यापारीहरुले अधिकतम खुद्रा मुल्य भन्दा १० देखि २० रुपैयासम्म बढी लिने गरेको प्रयोगकर्ता (ग्राहक) हरुको गुनासो छ । जिल्लाको बोगटान, जोरायल, पूर्बीचौकी, पश्चिम चौकी लगायतका सडक यातायातको सुबिधा पुगेका क्षेत्रहरुमा पनि अधिकतम खुद्रा मुल्य भन्दा बढी रुपैया लिने गरेका छन । रिर्चाज कार्डहरुमा अधिकतम खुद्रा मुल्य प्रष्ट उल्लेख गरेको भएपनि ब्यापारीहरुले उक्त कुराको बेवास्ता गर्दै नियम बिपरीत ग्रहकसंग बढी रकम असुल्ने गरेका छन ।

कुनै पनि सामानमा तोकिएको खुद्रा मुल्यमा उपभोक्ताले उपभोग गरुन्जेल सम्मको लाग्ने सम्पूर्ण शुल्क समाबेश गरिएको हुने भएपनि ब्यापारीहरुले त्यस बिपरित कार्य गर्दा पनि यहाँको स्थानिय प्रशासनका तर्फबाट कुनै पहल नभएको जोरायलका स्थानिय दिपक कामीले बताउनु भयो ।

जोरायलको सिलीङबाग बजारमा एक ब्यापारी राम शाहु लाई तपाईले तोकिएको भन्दा बढी मुल्य किन लिनु भएको भन्दा निजले कैलाली बाट रिचार्ज काड यहाँ पु¥याउनका लागि गाडीको भाडा लाग्छ सबैले यही मुल्यमा लग्दै आएका छन तपाईलाई रिर्चाज कार्डमा तोकिएको खुद्रा मुल्यमानै चाहिन्छ भने जहा पाईन्छ त्यही किन्नु होला भनेर फर्काएको जोरायलका स्थानिय निर्मल शाहुले बताउनु भयो ।

‘आफुलाई अनिबार्य कार्ड चाहिएको हुन्छ गाउको कुरो जति भनेनी तिर्ने प¥यो, उहाँले भन्नु भयो ‘हाम्रो पिडा कस्ले बुझने ।’

यहाँको स्थानिय प्रशासनले रिचार्जकार्डमा मन परी मुल्य लिएको बिषयमा अहिले सम्म कसैलेपनि उजुरी नगरेका कारण आफुहरुले केही गर्न नसकेको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्