डोटीको जोरायल गाउँपालिकामा जिएसएम टावर निर्माण



विमल बिष्ट, डोटी ।
डोटीको जोरायल गाउपालिका स्थित गुनड भन्ने ठाउमा नेपाल टेलिकमको जिएसएम (नमस्ते) मोवाईलको टावर निर्माण भएको छ । उक्त क्षेत्रमा जिएसएम टावर नहुँदा सो वडाका १ र २ नम्बर वडा बाहेक अन्य सबै वडाहरु सञ्चार सम्पर्कबाट बिहिन भएका थिए ।

लामो समय पछि गुनडमा टावर निर्माण भएपछि सो गाउपालिकाका अन्य वडाहरु सहित छिमेकी गाउपालिकाहरु बडिकेदार तथा बोगटान गाउपालिकाका केही वडाहरुमा समेत अहिले जिएसएमको नमस्ते सिमकार्ड हालेका मोवाईलहरु बाट सम्पर्क गर्न सकिने भएको जोरायल गाउपालिका ५ गड्सेराका स्थानिय लक्ष्मण देउवाले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘नमस्ते मोवाईलको टावर नहुँदा हामीलाई निकै समस्या भएको थियो,अहिले टावर बवेकाले फोन गर्न सजिलो भएको छ ।’

सोलार बत्तिको सहायतामा जंगलमा निर्माण गरिएको उक्त टावरले स्काई रेन्जमा करिब ११ देखी १२ किलोमिटर सम्म काम गर्न सक्ने नेपाल टेलीकमको दिपायल राजपुर स्थित कार्यालयले जनाएको छ । उक्त टावरले दिउसो घाम लागेको समयमा राम्रै काम गर्ने गरेको र रातीको समयमा खासै काम नगर्ने गरेको स्थानियबासी बताउछन् ।

आफनो क्षेत्रमा नेपाल टेलीकमले टावर निर्माणगरी नमस्ते मोवाईलले काम गर्न थालेपछि सो गाउपालिकाका स्थानियहरु निकै खुसि भएका छन् । यस अघि सो गाउपालिकाको चौरीबाझ भन्ने ठाउमा नेपाल टेलीकमले इस्काई मोवाईलको टावर निर्माण गरेको भएपनि उक्त टावरले खासै काम गरेको थिएन ।

प्रतिक्रिया दिनुहोस्