छक्का पञ्जाले अमेरिकामा पनि तोड्यो रेकर्ड



हास्यव्यंग्यमा आधारित फिल्म छक्का पञ्जाको पछिल्लो संस्करण छक्का पञ्जा–३ ले एकपछि अर्को रेकर्ड बनाएको छ। देशभित्र रेकर्डमाथि रेकर्ड बनाएको फिल्मको माग विदेशमा पनि ≈वात्तै बढेको छ।

अमेरिकामा यसअघि रिलिज भएका छक्का पञ्जा, छक्का पञ्जा–२ र लुट–२ तीन हप्तासम्म चलेको रेकर्ड थियो। जसलाई छक्का पञ्जा–३ ले तोडिदिएको छ। नेपालीको बाक्लो बसोबास रहेको अमेरिकाको डालस टेक्सासमा छक्का पञ्जा–३ ले विदेशी भूमिमा लगातार १ महिना चल्ने पहिलो नेपाली फिल्मको रेकर्ड बनाएको छ।

फिल्मले हालसम्म डालसमा मात्रै ६४ शो सफल प्रदर्शन गरिसकेको छ भने अझै प्रदर्शन भइरहने डालसका लागि अधिकारिक वितरक नेप्सिने र प्लानेट थ्री फिल्मस्ले जनाएको छ। नेप्सिनेका सीईओ रायन रेजले छक्का पञ्जा–३ को सफलताले अमेरिकामा नेपाली फिल्म प्रदर्शन गर्न नयाँ हौसला मिलेको र निकट भविष्यमा यसले नेपाली फिल्मको विदेशी बजारमा दीर्घकालीन प्रभाव पार्ने बताए। ‘यो रेकर्डसँगै नेपाली फिल्मले देशभित्र मात्र नभई विदेशी भूमिमा समेत प्रभाव बढाएको छ’ –उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्