जीतपुरसिमराकाे आयल हिटरमा आगलागी



बारा । बाराको जीतपुरसिमरा उपमहानरपालिका वडा नम्बर ७ स्थित जीतपुरमा रहेको शिवशक्ति घ्यू उद्योगको थर्मिक फ्लुड आयल हिटरमा आइतबार राती आगलागी भएको छ ।

विद्युत् सर्ट भएर लागेको आगलागीबाट थर्मिक फ्लुड आयल हिटर पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीबाट करिब एक करोड रुपैयाँ मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी नायव निरीक्षक रामउदय शर्माका अनुसार आइतबार राती करिब पौने ८ बजेको समयमा शुरु भएको आगलागीलाई करिब तीन घण्टाको प्रयासपछि नियन्त्रण लिइएको थियो । आगलागीमा कुनै प्रकारको मानविय क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।

आगोलाई निभाउन उद्योगमा कार्यरत मजदुर, नेपाल प्रहरी, सशस्त्र प्रहरीहरु जुटेका थिए । साथै सिमरा विमानस्थल, जीतपुरसिमरा उपमहानगरपालिका, वीरगञ्ज महानगरपालिका र नेपाल आयल निगम अम्लेखगंजको वारुणयन्त्रको सहयोगमा राती११ बजे आगो निभाइएको हो ।

प्रतिक्रिया दिनुहोस्