भारतसँगै ३ देशको राजदूत सिफारिस भारतका लागि आचार्य, मलेसियामा पाण्डे, युएईमा ढकाल



काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे र संयुक्त अरब इमिरेट्सका लागि कृष्ण ढकालको नाम सिफारिस गरेको हो । तीनवटै देशमा लामो समयदेखि राजदूत रिक्त थियो ।

आचार्य २०४६ को जनआन्दोलनपछि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठित अन्तरिम मन्त्रिपरिषदमा कानुन तथा न्याय मन्त्री थिए। उनी श्रीलंकाका राजदूत पनि भइसकेका छन्।

सरकारले भारतका लागि राजदूतमा यसअघि नीलकण्ठ उप्रेतीको नाम सिफारिस गर्ने निर्णय गरेको थियो। उनको नाममा सहमती हुन नसकेपछि पुन मन्त्री परिषदबाट आचौयको नाम सिफारीस भएको हो । उप्रेती संवैधानिक अंगका प्रमुख रहिसकेका व्यक्तिलाई राजदूत नियुक्त गर्नु हुँदैन भनी विवाद भएपछि उनको नाम रद्ध गरिएको हो ।

पाण्डे पूर्वराजदूत हुन् भने ढकाल परराष्ट्रका सहसचिव हुन् । सरकारले औपचारिक रुपमा भने कुनै पनि निर्णय सार्वजनिक गरेको छैन । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले केही महत्वपूर्ण निर्णय भएको र नयाँ प्रवन्ध मिलाएर सार्वजनिक गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्