उदयपुरमा भयानक दुर्घटना, तीनको मृत्यु



उदयपुर (नेस) । उदयपुरको वेलका नगरपालिका ८ मा आईतबार सांझ ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३५ जना घाईते भएका छन ।
वनभोज खाएर फर्कर्दै गरेको स १ त ५८५० नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको र ३५ भन्दा बढी घाइते भएका जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।

दुर्घटनामा परी मर्नेहरमा इन्द्र चौधरी, दीपिका चौधरी र बिनिता चौधरी रहेका छन ।

प्रतिक्रिया दिनुहोस्