नेकपामा नयाँ धार छैन : नेता खनाल



झापा । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नेकपामा नयाँ धारको कुरा निराधार भएको बताएका छन् ।

झापाको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमा नेता खनालले तल्लो र वर्गीय सङ्गठन भङ्ग भएकाले पार्टीभित्र केही असन्तुष्टि रहेको उनले उल्लेख गरे । ‘नेकपा ठूलो पार्टी हो, लाखौँ सदस्य र लाखौँ समर्थक छन्’, उनले भने, ‘उहाँहरु अहिले असङ्गठित हुनुहुन्छ, यस्तो बेलामा केही असन्तुष्टि आउनु स्वभाविक हो ।’

नेता खनालले स्थायी समितिको बैठकपछि एकता प्रक्रिया अघि बढ्ने बताए । तीनै तहको सरकार मुलुक विकासको मार्गमा अघि बढिरहेको बताउँदै नेता खनालले भने, ‘जनतालाई सन्तुष्टी दिने गरी सरकार तीव्र गतिमा अघि बढ्न आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्