तनहुँमा ३७ जना यात्रु बोकेको बस भीरबाट खस्यो



काठमाडौ । तनहुँको भीमाददेखि चितवनको नारायणगढतर्फ जाँदै गरेको ग १ ख ५८४७ नम्बरको बस आइतबार पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा सडक छेउको भीरबाट तल खसेको छ ।

बसमा सवार ३६ जना घाईते भएको प्रहरीले जनाएको छ । बस खस्दा दुर्घटनाग्रस्त भएपछि प्रहरी पुगेर उद्दार गरेको थियो । बस चालकको तीब्र गतिका कारण अनियन्त्रित भइ भीरबाट खसेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । बस यस्तो अवस्थामा थियो ।

प्रतिक्रिया दिनुहोस्