एकै दिन दुई पटक भूकम्प



बैतडी । भारतको उत्तराखण्ड प्रदेशको खेला केन्द्रबिन्दु भएर आइतबार गएको भूकम्पको धक्का बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा महसुस गरिएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थ दाहालका अनुसार दिउँसो १२ बजेर ५२ मिनेटमा ५ दशमलव १ म्याग्निच्यूड र १२ बजेर ५९ मिनेटमा ४ दशमलव १ म्याग्निच्यूडको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रबिन्दु भारतको उत्तराखण्ड प्रदेशको खेला भन्ने स्थानमा रहेको दाहालले जानकरी दिए । दुई पटक भूकम्पको धक्का महसुस हुँदा स्थानीय त्रसित बनेक छन् ।
भूकम्प धक्का महसुस गरिएको भएपनि क्षति विवरण भने अहिलेसम्म प्राप्त भएको छैन ।

प्रतिक्रिया दिनुहोस्