एभरेष्ट अल्ट्रा रेस शुरु



दोलखा, (नेस)
दोलखाको पर्यटकीय नगरी जिरीमा अन्तर्राष्ट्रिय एभरेष्ट अल्ट्रा ट्रेल रेस सुरु भएको छ ।

अत्यन्त जोखिमपूर्ण मानिने उक्त ट्रेल रेसमा अमेरिका, इंगल्याण्ड, स्वीजरल्याण्ड, स्पेन, पोर्चुगल, व्रिटेन, नेदरल्याण्ड, अष्ट्रेलिया, मेक्सीको, टर्की लगायत ११ देशका ४१ जना प्रतिष्पर्धीले भाग लिएका छन् । जसमा दुई महिला सहित चार जना नेपाली समेत सहभागि रहेको आयोजकले जनाएको छ ।

प्रथम सगरमाथा आरोही तेञ्जीङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले प्रयोग गरेको टे«किङ रुटको प्रवद्धनको लागि सन् २०११ देखि अन्नपुर्ण ट्रेक्स एण्ड एक्सपिडिसन प्रालिले सञ्चालन गर्दै आएको यो प्रतियोगीता यो बर्ष एकहजार ९ सय ५३ मिटरको उचाईमा रहेको जिरीबाट बिहिबार बिहान ९ बजे सुरु भएको थियोे ।

उक्त दिन बेलुकी रामेछाप जिल्लाको बाम्ती भण्डार पुगेको सो रेस यही कार्तिक २७ गतेसम्म चल्नेछ । सोलुखुम्बुको पीके, नाम्चे र तेङ्बोचे हुँदै लुक्ला पुगेर समापन हुने अध्यक्ष कामी शेर्पाले जानकारी दिए ।

अल्ट्रा ट्रेल रेसमा विश्वको जोखिमपूर्ण उत्कृष्ट १० रेसमध्येमा पर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा पुरुष र महिलाको छुट्टा–छुट्टै मूल्याङ्कण हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेहरुले जनही १ लाख ५० हजार, एकलाख २० हजार र एकलाख नगद तथा ट्रफी प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्