ठुलालाई चैन सानालाई ऐन



अहिलेको मौसम जुवा तासको मौसम यसमा कुनै शंका छैन । हिजो सत्य युगमा समेत पासा खेलेर श्रीमती सम्म हारेको इतिहास हामीले पढेकै हो । तर अहिले जमाना फेरिएको छ ।

जुवा तास खेलेर अहिले श्रीमती नहारेपनि श्री सम्पती सबै हार्ने क्रम बढेको भन्दै सरकारले जुवा तासमा प्रतिवन्धनै लगाएको छ । तर प्रतिवन्ध कसलाई भन्दा साना निर्धाकालागि यो प्रतिवन्ध हो भने ठुलाकालागि जुवा तास सोखको रुपमा परिणत भएको छ ।

प्रहरी प्रशासनले ठुलाबडाले खेलेको जुवा चाही सोखमा परिणत गर्न थालेको दृष्य धरहराबाट देखिएको छ भने सानातीना नागरिकले खेल्दा भने त्यसलाई जुवा भन्दै कारवाही गरेको देख्दा धरहरा तीन छक परेको छ । नियम कानुन त सबैलाई बराबर हुनु पर्ने हो तर ठुला लाई चैन सानालाई ऐन गर्ने प्रहरीको एकतर्फी कानुन देखेर धरहरा जिल्ल परेको छ ।

 

प्रतिक्रिया दिनुहोस्