भलिबल उपाधि आयोजकलाई



हेटौंडा,(नेस)
थाहानगरमा सञ्चालित विनयबाबु स्मृति मकवानपुर जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि आयोजक विनयबाबु स्मृति प्रतिष्ठानले हात पारेको छ ।

गत संस्करणको विजेता थाहानगर–१ को प्रतिनिधि टिमलाई १७–२५, २५–१५, २५–२२, १८– २५ र १५–१२ ले पछि पार्दै प्रतिष्ठानले उपाधि हात पारेको हो । विजेताले ५१ हजार र उपविजेताले २६ हजार नगद हात पारे ।

प्रतिक्रिया दिनुहोस्