तिहारमा गत वर्षभन्दा पनि कम विद्युत् खपत



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल विद्युत् प्राधिकरणको अनुमान थियो, यसपटकको तिहारमा विद्युत् खपत बढेर हालसम्मकै उच्च बिन्दुमा पुग्नेछ । तर, वर्षभरीमा नै सबैभन्दा बढी विद्युत् खपत हुने लक्ष्मी पँजाको दिन अनुमान गरिएको भन्दा निकै कम मात्र विद्युत् माग खपत भएको छ ।

वर्षभरी नै सबैभन्दा बढी लक्ष्मी पँजाको दिन विद्युत् खपत हुन्छ । तर, यसवर्ष भने अपेक्षा गरिएको भन्दा निकै कम मात्र विद्युत् खपत भएको छ । प्राधिकरणले तिहारको दिन यस वर्षको अधिक विद्युत् माग अर्थात् १ हजार २ सय ७० मेगावाट विद्युत् खपत हुने अनुमान गरेको थियो । तर, वास्तविक खपत भने गत वर्षको भन्दा पनि कम देखिएको छ । गत वर्ष तिहारको बेला अधिकतम १ हजार १ सय ७५ मेगावाट पुगेको विद्युत् खपत यसवर्ष भने १ हजार १ सय ५ मेगावाटमै खुम्चिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार प्राधिकरणले विद्युत् माग व्यवस्थापनका लागि कुलेखानी चलाउने र भारतबाट थप विद्यत् आयात गर्ने तयारी गरेको थियो । तर, अनुमान गरिएभन्दा निकै कममात्र विद्युत् खपत भएपछि प्राधिकरणले ती दुवै काम गर्नु परेन ।

माग व्यवस्थापन गर्नका लागि प्राधिकरण मातहतका आयोजनाबाट ४ सय ३९ मेगावाट, निजी क्षेत्रका आयोजनाबाट ३ सय ४१ मेगावाट र भारतबाट ३ सय २५ मेगावाट आयात भयो । सुख्यायाममा विद्युत् माग पँर्तिका लागि खोलिने कुलेखानी तिहारको समयमा पनि खोल्ने गरी प्राधिकरणले तयारी गरेको थियो । तर, विद्युत् माग औसतभन्दा केही बढी मात्र देखिएपछि आधा घण्टा जति मात्रै कुलेखानी खोल्नुपरेको प्रवक्ता अधिकारीको भनाइ छ ।

गत वर्ष तिहारको बेला अधिकतम १ हजार १ सय ७५ मेगावाट पुगेको विद्युत् खपत यसवर्ष भने १ हजार १ सय ५ मेगावाटमै खुम्चिएको छ ।

गर्मी सकिएको र जाडो पनि शुरु भइनसकेको, विद्युत् चोरी नियन्त्रणमा चालिएका प्रभावकारी कदम, लिड बल्ब जस्ता ऊर्जा दक्षताका विद्युतीय उपकरणको प्रयोग लगायतका कारण यस वर्ष पिक डिमाण्ड घटेको कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । ‘पिक डिमाण्ड घट्नु भनेको प्राणालीलाई एकदमै राम्रो हो, यसले ऊर्जा लागत पनि घट्छ,’ उहाँले भन्नुभयो । ‘आगामी दिनमा हिउँदको विद्युत्को माग व्यवस्थापनका लागि भारतबाट कम विद्युत् आयात गरी आफ्नै उत्पादनबाट माग धान्न सक्छौं ।’

कुलमान आधा रात सम्मै काममा
हामीले झिलीमिली बत्ती बालेर लक्ष्मी पँजा गरिरहँदा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ सहित उच्च तहका कर्मचारी प्राधिकरणको स्वीचाटारस्थित भार प्रेषण केन्द्रमा आफंै मास्टर कन्ट्रोल स्टेसनमा बसेर माग र आपँर्तिको अवस्थाका बारेमा बुझिरहेका थिए । तिहारमा सबैतिर झिलीमिली होस् भन्नकै लागि प्राधिकरणका कर्मचारीलाई सार्वजनिक बिदाको दिन पनि छुट्टी बस्न दिइएन । घिसिङ आफंै ‘अलर्ट‘ भएर बसेपछि अरु कर्मचारीलाई पनि त्यसले काम गर्न हौसला दिएको प्रवक्ता अधिकारीको भनाइ छ ।

विगतमा विद्युत् व्यवस्थापन नै टाउको दुखाईको विषय बन्ने गरे पनि यसवर्ष भने सजिलै पार लागेको छ । त्यतिमात्र होइन, तीन वर्षअघि सर्वसाधारणलाई झिलीमिली बत्ती नबाल्न भनेको प्राधिकरणले यसवर्ष भने आफ्नै भवनलाई झिलीमिली बनाएर विद्युत् माग व्यवस्थापनका लागि सक्षम भएको सन्देश पनि दिएको छ ।

बाँदर, मुसा र बिरालो भिलेन

तिहारको लक्ष्मीपँजाको दिन साँझ विद्युत्को माग र आपँर्ति व्यवस्थापनको निरीक्षण गर्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली स्यँचाटारमा रहेको भार प्रेषण केन्द्रमा खटिएको थियो । टोलीले मुलुकभरको विद्युत् आपँर्तिको अवस्था हेर्दै आगामी दिनको विद्युत् माग र आपँर्तिका विषयको योजना बनाउँदै छलफल गरिरहेको थियो ।

मुलुकभर विनाअवरोध विद्युत् आपँर्ति भइरहेकाले टोलीमा रहेका प्राधिकरणका कर्मचारीले एक आपसमा बधाई दिंँदै खुशी साटासाट गरिरहेका थिए । ६ बजे नै लक्ष्मी पँजाको दिन सबैभन्दा बढी विद्युत् माग (पिक डिमाण्ड) भएको रेकर्ड कायम भइसकेको थियो ।

करिब ६.२० बजेतिर कार्यकारी निर्देशक घिसिङको मोवाइलमा घण्टी बज्यो । गौरीघाटका एक ग्राहकले गुनासो गरे ‘कुलमान सर हाम्रोतिर बिजुली गयो ।’ कार्यकारी निर्देशकले तत्काल वितरण तथा ग्राहक सेवा केन्द्र बानेश्वरका प्रमुखलाई फोन गरेर भन्नुभयो–‘गौरीघाट क्षेत्रमा बत्ति गयो, के भएको हो ।’
उताबाट जवाफ आयो, ‘गौरीघाट क्षेत्रमा विद्युत् आपँर्ति भइरहेको पशुपति क्षेत्रको ११ केभी प्रसारण लाइनमा बाँदर झुण्डिएर तार चुँडियो, मर्मतका लागि तयारी अवस्थामा रहेको टोली खटिसकेको छ ।’

अधिकतम क्षमता (लोड)मा चलिरहेको लाइनमा बाँदर झुंडिएपछि तार चुंडिएको हो । तारको मर्मत गरी करिब २४ मिनेटमा विद्युत् सुचारु गरिएको थियो । जनावरले प्राधिकरणको प्रणालीमा जनावरले चुनौती दिएको यो मात्रै पहिलो घटना होइन ।

गत वर्षको लक्ष्मी पँजाको दिन पनि भक्तपुरमा मुसाले सबस्टेसनमा क्षति पु¥याएको थियो जसले गर्दा विद्युत् आपँर्तिमा समस्या भएको थियो । प्राधिकरणले जब काठमाडौं उपत्यकामा लोडसेडिङ अन्त्यको घोषणा ग¥यो त्यतिवेला पनि बानेश्वरमा मुसा र लैनचौरमा बिरालोका कारण विद्युत आपँर्तिमा समस्या उत्पन्न भएको थियो ।

पर्वतको मोदी गाउँपालिको भोकलाङमा भने स्थानीयले रुख काटेर विद्युत् प्रसारण लाइनमा ढालिदिएका थिए । यसले गर्दा त्यस क्षेत्रमा विद्युत आपँर्तिमा अवरोध सिर्जना भएको थियो । अन्य क्षेत्रमा बिना अवरोध विद्युत् आपँर्ति भएको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्