महिला कटुवालको सूचनाले धानेको गाउँ



दुर्गाप्रसाद शर्मा, भूक, पर्वत
आधुनिक सञ्चारको युगमा पर्वतको एक दुर्गम गाउँ भने कटुवालले दिने सुचनाका भरमा काम चलाइरहेको छ त्यसमा पनि एक जना महिला कटुवालले धानेकी छन सिंगो सञ्चार र सुचनाको अभिभारा ।
पर्वतको मोदी गाउँपालिका१ भुकताङले गाउँमा दलित महिला चन्द्रामती दमैले कटुवालको काम गर्दै आएकी हुन ।

भुकताङलेकी ४१ बर्षिय चन्द्रामती दमाईको दिनचर्या आजकल गाउँका डाँडाकाँडा खोज्दैमा वित्छ । गाउँमा कोही नयाँ पाहुनाको उपस्थित हुँदा होस् या भेला बैठक र सरसफाईको झारा लगाउने कार्यत्रmिम किन नहोस् चन्द्रामती गाउँभर सूचना पु¥याउन कस्सिन्छिन् । गाउँलेले कटुवाल काम गर्ने गरी उनलाई छनोट गरेपछि सुचना प्रवाहका लागि उनी गाउँका अग्ला अग्ला ठाउँ खोज्दै हिड्छिन् ।

मोदी गाउँपालिकाको सबैभन्दा उच्च भुभागको गाउँ हो भुकताङले, यद्यपि यो गाउँ सूचनाको पहुँचबाट भने टाढा छैन । गाउँमा विद्युत, मोबाइल, टेलिभिजन रेडियो लगायतका सवै सञ्चारका सुविधाहरु पुगेका छन् तर चलिआएको परम्परागत कटुवाल प्रथा कायमै रहँदा चन्द्रामतीलाई भ्याइ नभ्याई भएको हो ।

चन्द्रामतीलाई भुकताङले गाउँबासीहरुले गाउँ भेलाबाट गत जेठ महिनामा कटुवालमा छनोट गरेका हुन् । गाउँमा यस अघि कटुवालको रुपमा काम गर्दै आएका व्यक्तिहरु कोही विदेश पलायन त कोहीको मृत्यु भएपछि चन्द्रामतीले उक्त जिम्मेवारी सम्हालेकी हुन् । कटुवाल बन्नका लागि अन्य पुरुष व्यक्तिहरुपनि प्रतिस्पर्धामा नआएका भने होइनन् तर चन्द्रामती आफै कस्सिएर पुरुष भन्दा कम छैनौ भन्ने अठोट बोकेर कटुवाल पेशा सम्हालेको बताउँछिन् । ‘पुरुषहरु पनि महिलाहरुले नै जन्माएका हुन्’ उनले निर्धक्क भनिन् ‘महिलाले नै जन्माएका पुरुष भन्दा हामी के कम भनेर मैले कटुवाल काम गर्ने जिम्मा लिएको हुँ ।’

भुकताङले गाउँमा करिव १ हजार ५ सय घर धुरी रहेका छन् । तर गुरुङ समुदायका अधिकांश सदस्यहरु गाउँबाट बसाइ सराई गरी छिमेकी शहर पोखरा र कुश्मा लगायतका स्थानमा गएपछि गाउँमा अहिले आधाआधिको मात्रै बसोबास रहँदै आएको छ । गाउँमा बसोबास गर्दै आएका परिवारलाई सूचना प्रवाह गर्न गाउँका डाँडाडाँडामा पुग्ने पेशा सम्हालेकी चन्द्रामति दमाईको परिश्रमको मूल्य भने निकै न्यून छ । चन्द्रामतिले कटुवाल काम गरेबापत प्रति घरधुरी १ पाथि अन्न पाउने गरेकी छिन् । कसै कसैले पैसा नै दिनुहुन्छ, नत्र मैले पाउने १ पाथि अन्न नै हो उनले सुनाइन् ।

चन्द्रामतीले विशेष गरी गाउँको सरसफाईमा प्रत्येक हप्ताको मंगलबार समुदायलाई जुटाउने काम गर्दछिन् । त्यो सँगै गाउँमा पाहुना आउने खबर र भेला बैठकका लागि पनि उनले समुदायलाई सुचना पु¥याउन डाँडाडाडाँमा पुग्ने गर्छिन् ।

पर्वतको भुकताङले गाउँमा मात्रै होइन सुदुरदक्षिणी विहादी, पैञ्यु, महाशिला लगायतका गाउँमा पनि अझै पनि कटुवाल प्रथा कायम नै छ । सूचना सञ्चारको पहुँच विस्तार सँगै परम्परागत प्रथालाई न्यूनिकरण गर्दै जाने र आधुनिकीकरणलाई सामाजिक रुपमा प्रश्रय दिन सकियो भने हामीले चाहेको परिवर्तन समाजमा भित्राउन सकिने थियो कि ?

प्रतिक्रिया दिनुहोस्