चिसोबाट बचौं



काठमाडौँ लगायत मुलुकको तराई क्षेत्रमा चिसो बढेको छ । जाडोको समयमा लामो समयसम्म घाम नलाग्दा निरन्तर चिसोका कारण तराई–मधेसमा वर्षेनी दर्जनौँको मृत्यु हुने गरेको छ । जाडो छल्नका लागि आगो ताप्न दाउरासमेत नहुँदा तराईका सर्वसाधरण चिसोबाट कठ्यांग्रिएर बस्न बाध्य छन् ।

 

विगतका वर्षमा केही जिल्लामा चोकचोकमा दाउरा बल्नका लागि दाउरा वितरण गर्ने गरिएको थियो । यसवर्षको जाडो शुरु भइसकेको अवस्थामा राज्यले पुर्वतयारीकालागि गृहकार्य गर्न जरुरी छ । पर्याप्त मात्रामा दाउरा लागयत गरिबिको रेखामुनि रहेकालाई कम्बल, ओड्ने, ओछ्याउने लगायतको व्यवस्था गर्न सक्रिय हुनुपर्छ । तराईका जिल्लाका साथै मध्यपहाडी क्षेत्र र हिमाली क्षेत्रमा पनि चिसोले सर्वसाधरणको ज्यान लाने गरेको छ ।

 

चिसोको समयमा तराई लगायत चिसो ठाउँहरुमा मानव स्वास्थ्यमा समस्या देखिदै आएको छ । चिसो मौसममा विशेष गरी खोकी लाग्ने र ज्वरो आउने समस्या लिएर बिरामीहरू अस्पताल पुगिरहेका छन् । तसर्थ, सम्बन्धित निकायले चिसो प्रभावित क्षेत्रहरुमा औषधिको आपूर्तिमका विशेष ध्यान दिन आवश्यक छ ।

चिसोका कारण मृत्यु हुने मानिसको संख्या बढ्न थालेपछि मात्रै सरकारले चासो देखाउनुभन्दा चिसो मौसमभन्दा पहिला नै तयारी गर्नु बुद्धिमानी कार्य हुनेछ । विपद् व्यवस्थापन ऐनले समेत पूर्व तयारीको विषयमा स्पष्ट पारेको छ । सरकारले चिसो मौसमसँगै आउन सक्ने स्वास्थ्य समस्याको समाधानका लागि समेत समयमै विशेष ध्यान दिनु आवश्यक छ । अतः सरकार दुरदर्शि बनेर पुर्वतयारीकालागि अग्रसर हुन आवश्यक छ । यस विषयमा ध्यान जाओस ।
नन्दा केसी, रौतहट ।

प्रतिक्रिया दिनुहोस्