बजार अनुगमन निरन्तर गर



नेपालीहरुको महान पर्व दशैँ, तिहार मनाइसकीएको छ । छठ मनाउने क्रम जारी छ । चाडपर्वहरुको पूर्व सन्ध्यामा बजार अनुगमन भएपनि पछि फेरी सुस्त हुने अबस्था छ । चाडबनड सकिएपनि लत्ताकपडा र खाद्यान्नको भाउ झन् बढी आकासिदो अवस्थामा छ ।

 

चाडपर्वको एक महिनाका लागि सम्बन्धित निकायहरुले अनुगमनलाई निरन्तरता दिएपछि यसलाई निरन्तर गर्नु जरुरी देखीएको छ । यसबाट उपभोक्ताहरु ठगीनबाट केही राहत पाउने थिए । चाडबाडको सन्दर्भमा बढी कामउने प्रलोभनमा व्यापारीहरुले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने गरी म्याद गुज्रीएको दैनिक उपभोग्य सामान बेच्ने गरेको विगतका अनुगमनमा पाइएको थियो । अहिलेको अनुगमनमा पनि गस्ता गतिविधि भएको पाइयो । चाडबाडका समयमा बजार अनुगमन हुने भएकोले यस्ता कुरा बाहीर आएका हुन । बजारमा सधैजसो गस्ता गतिविधि भईरहेका हुन्छन ।

 

यसमा सरकारी पक्षको ध्यान जानु जरुरी देखिएको छ । पसलमा अधिकांश व्यापारीले मूल्यसूचि नै नराखेको समेत देखिन्छ । खुद्रा पसलदेखी होलसेल पसलसम्म चाडबाडको बेलामा म्याद सकिएको सामान विक्रि गर्ने सम्भावना बढी देखिन्छ । म्याद सकिएका मिट मसला, दालमोठ, अचार, सुर्ती, जिरा सेञ्चुरी, सुनपापडी, चिउरा, भुजा, पापड, बिष्कुट लगाएतका सामानहरुमा उपभोक्ताहरु बढी ढगीन सक्ने देखिन्छ । खाद्यान्न खरिद गर्दा सोच विचार गरेर मात्रै सामान खरिद गर्नु पर्दछ । चाडबाडका बेलामा माग धेरै बढ्ने हुनाले समानको मूल्यमा समेत बृद्धि गर्ने चलखेल व्यापारिहरुको हुन्छ ।

 

त्यतिबले मूल्य नियन्त्रण गरेपनि फेरी मूल्य बढाएर बेच्ने गरेका छन । खाद्यान्न बाहेक इलेक्ट्रोनिक्स सामानहरुको सन्दर्भमा त्यस्ता सामानहरुको मूल्यका बारेमा पूर्व जानकारी लिएर मात्रै खरिदका लागि निस्कनु पर्ने हुन्छ । अनलाइनमा समेत आफूले खरिद गर्ने सामानको मूल्य हेर्न सक्दछौँ । तसर्थ सचेत भयौँ भने ठगीबाट पनि बच्न सकिन्छ । उपभोक्ता आफू सचेत रहने कुरा त रह्यो तर सरकारी निकायबाट हुने अनुगमनका लागि सरकारले सधै जसो अनुगमन गर्नुपर्छ । यसलाई चाडबाड जस्तै सधै निरन्तरता दिनु पर्छ ।
पुजा कार्की, भक्तपुर ।

प्रतिक्रिया दिनुहोस्