करको रकम भ्रमणमा नसक



नेपाल नयाँ संरचनामा गएपछि सिंह दरबार गाउँगाउँमा पुगेको अनुभुति हुने सबै जसो दलका शिर्ष नेताले बताएका थिए । अहिले आएर त्यो भनाई झुटा सावित हुन थालेको छ । जनताको काम समयमा सम्पन्न नगरेको आरोप लाग्ने गरेका जनप्रतिनिधिले जनताबाटै उठेको करबाट मस्ती गर्नसम्म गरीरहेका छन । वैदेशिक भ्रमणले जनप्रतिनिधिको साख गिराउन भूमिका खेलेको छ । यस किसिमका जनगुनासो बढे पनि विदेश भ्रमण मोहबाट भने उनिहरु मुक्त हुन सकेका छैनन् ।

पछिल्ला दुई महिनामा व्यापक विदेश भ्रमणमा गएको समाचार आएका छन । यहाँ जनप्रतिनिधि मात्रै हैन कर्मचारी पनि मस्तीमा लागेका छन। गत वर्ष मात्रै ५ हजार बढी कर्मचारी विदेश गएका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पछिल्लो दुई महिनामा गरेको अध्ययनले ८ सय कर्मचारीले ६० दिनमा विदेशमा झन्डै १७ सय ३ दिनबराबरको समय बिताएको देखाएको छ ।

कर्मचारीले त्यत्रो समय विदेशमा देशको प्रशासनिक कार्यमा भएको लथालिंग कसैले ख्याल गरेको छैन । हाम्रा कर्मचारीलाई जनतालाई दिने सेवा प्रवाहको बारेमा खासै मतलव नभएको उनीहरूकै व्यवहारले पुष्टि गरेको छ । विदेश जानुु आफंैमा नराम्रो होइन तर सरकारी कामलाई थाती राखेर अनावश्यक काममा विदेश भ्रमणमा जाँदा भने सर्वसाधारण मारमा परेका छन ।

नियम त कर्मचारीलाई विदेश भ्रमण गराउनुको उद्देश्य हो केही नयाँ कुरा सिक्ने अवसर सिर्जना गर्नु र विदेशमा सिकेको कुरालाई आफ्नो देशमा लागू गर्नु । कर्मचारी विदेश भ्रमण गएर फर्केपछि उनीहरूको भ्रमणको उपलब्धि के भयो र नेपालले के फाइदा लिन सक्यो ? यसको जवाफ भ्रमण गरेर फर्कने समूहसँग नै छैन । परिवार सहितको मस्तीमा विदेश भ्रमण जाने गरेको देखिएको छ ।

हालसालै बनेको विदेश भ्रमण व्यवस्थापनसम्बन्धी निर्देशिकाको उल्लंघन गर्दै कर्मचारी र जन प्रतिनिधि विदेश जान छोडेका छैनन् । कतिपय कर्मचारी त बिदामा बसेर गैरसकारी संस्था तथा ठेकेदारको पैसामा विदेशसमेत उड्ने गरेको समाचार आईरहेको छ । यस विषयमा सम्बन्धीत निकाय अलि कडा रुपमा प्रस्तुत हुन जरुरी देखीएको छ ।
रुपा भण्डारी, कास्की ।

प्रतिक्रिया दिनुहोस्