बेथितीले निम्त्यायो अराजकता



सुन्दर काठमाडौ अहिले कुरुप अवस्थामा छ । राजधानीका सडक बिस्तार र मेलम्ची आयोजनाले जताततै खनेर सडकलाई कुरुप बनाउदा पनि नियामक निकाय सडक बिभाग राजधानीका सबै स्थानीय तह कानमा तेल हालेर बसेका छन ।

धुलोका कारण खुल्ला मुख हिड्न सक्ने अवस्था छैन भने राजनीतिक पहुचका आधारमा सडक बिस्तार र निर्माण जिम्मा लिएका ठेकेदार कम्पनीभने अहिले सम्म निमार्णको कामलाई तीव्रता दिन आनाकानी गरिरहेका छन । धुलोले बामानव स्वास्थ्यमा गम्भिर असर गरेको छ भने वातावरणमा समेत असर गरेको छ ।

राजधानीको बाटो बनाउने जिम्म लिने ठेकेदारहरु नेताका भजनमण्डली भएका कारण नेताहरुले पनि उनीहरुलाई दवावदिन सकिरहेका छैनन । नेकपाका शीर्ष नेता तथा नेपालीका कांग्रेसका शीर्ष नेताका भजनमण्डलीहरुले राजधानीका बाटो बनाउने ठेक्का पाएका छन । एउटै ठेकेदारले ६ वटा सम्म बाटो निर्माणको जिम्मा पाएका छन भने सडक बिभाग र स्थानीय निकायले ठेकेदारहरुलाई काम छिटो सक्न दवाव दिन नसक्ने अवस्था बिद्यमान छ ।

नेपाललाई आफ्नो पर्यटक गन्तब्य बनाउने गरेका भारतीय पर्यटकहरुले समेत नेपाल फोहोर भएको भन्दै नेपाल र नेपालीको आलोचना गर्ने गरेको पाईन्छ । संसारमा सबै भन्दा फोहोर भनेर चिनिएको भारतीय सहरहरु भन्दापनि राजधानी काठमाडौ फोहोर र धुलोको बढी हुने सुचीमा परेको छ । प्रधानमन्त्री केपी ओलीले आर्थिक संबृद्धीको नारा जती घन्काएपनि आर्थिक संबृद्धी त अव एकादेशको कथा जस्तै भएको छ ।

ठेकेदारले तोकिएको समयमा निर्माण सम्पन्न नगर्दा पनि सरकार कारवाही होईन उनीहरुलाई पुरस्कृत गर्न पटक पटक ठेक्काको म्याद थप गरेर उनीहरुलाई अराजक बन्न उस्काउने काम गरिरहेको छ । राजधानीमा अहिले ह्दयघातका बिरामीको संख्या अत्याधिक रुपमा बढी रहेको छ भने क्यान्सर जस्तो प्राणघातक रोगको मात्र हरेक बर्ष ८ देखि १० प्रतिशतले बृद्धी भइरहेको छ ।

जनतामा प्रत्यक्ष असर पर्दा समेत आफ्नो स्वार्थका कारण नेता तथा कर्मचारी संयन्त्रले गलत काम गर्नेलाई कारवाहीको दायरामा ल्याउन नसक्ने दुखद पक्ष हो । कर्मचारी संयन्त्र त नेपालमा अहिले पंगु भइसकेको छ । कसैले केही काम गर्न खोजेपनि उनीहरु अनेकन बहाना र कानुनी अड्चन देखाएर काम गर्न नदिने अवस्थामा छन । कर्मचारीमाथि लगाम लगाउन खोज्योकी बिभिन्न ट्रेड युनियनको नाममा खुलेका संगठनहरुले सरकार ढाल्ने सम्मको चेतावनी दिएपछि सरकार लुत्रुक पर्ने गरेको छ ।

जसका कारण अहिले बेथिती र बिसंगतीले मुलुकमा प्रसय पाएको छ । यसको अन्त्य नभएसम्म अहिले अवस्था कायमै रहने देखिन्छ । त्यसकारण सरकारले कर्मचारी तन्त्रमा सुधार र ठेकेदारमाथि कारवाही गर्न सकेन भने दुई तिहाईको सरकार पंगु सावित हुनेमा दुई मत छैन । सरकार बेलैमा होस गर ?

प्रतिक्रिया दिनुहोस्