रामेछापमा ८ जनाकाे टाउकाे फुट्याे, सबैकाे अवस्था गम्भीर



रामेछाप । रामेछापमा केटीकाे विषयमा विवाद हुँदा ८ जनाकाे टाउकाे फुटेकाे छ। प्रहरीका अनुसार मन्थली नगरपालिका–७, भटौलीमा केटी भगाएको विषयमा दुई समूहबीच झडप हुँदा ८ जना घाइते भएका छन् । घाइते आठै जनाको अवस्था गम्भिर रहेको रामेछाप प्रहरीका प्रवक्ता शेख अदालतले बताए ।

उनका अनुसार सन्तोष माझी, पूर्णवहादुर माझी, समिर माझी, मिलन माझी, सन्तोष माझी र खेमवहादुर माझी, सोममाया माझी, चन्द्रमाया माझी घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि काठमाडौंस्थित नर्भिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घाइते मध्ये धेरैको टाउकोमा चोट लागेको छ । प्रहरीले घटनामा संंलग्न ८ जनालाई पक्राउ गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्