ओलम्पिक छनोट: नेपालले म्यानमारको सामना गर्ने



काठमाडौं । जापानमा हुने सन् २०२० को ओलम्पिक खेलकुदका लागि महिला फुटबलको एसियन छनोटको दोस्रो खेलमा नेपालले भोलि ९आइतबार० घरेलु टोली म्यानमारको सामना गर्दैछ ।

छनोटको पहिलो खेलमा भारतसंग बराबरी खेलेको नेपालले बलियो टोली म्यानमारसंग खेल्न लागेको हो । नेपाल र म्यानमारबीचको खेल याङगोनस्थित थुनुवा स्टेडियममा नेपाली समय अनुसार बेलुका ५ः१५ मा सुरु हुनेछ ।

म्यानमारविरुद्ध मैदान उत्रदा नेपाल अंक खोस्ने योजनासहित मैदान उत्रनेछ । किनकी दोस्रो चरणमा पुग्ने लक्ष्य लिएको नेपाललाई दोस्रो चरणको यात्रा कायम गर्न म्यानमारसंग अंक खोस्नु पर्नेछ ।

तर, बलियो घरेलु टोली म्यानमारलाई रोक्नु नेपालको लागि कठिन चुनौती हुनेछ । म्यानमारले आफ्नो पहिलो खेलमा बंगलादेशलाई ५ – ० ले हराएर आफुलाई प्रमाणित गरिसकेको छ । नेपालले भने भारतसंग १ – १ गोलको बराबरी खेलेको थियो ।

म्यानमारसंग पराजित भएमा नेपालको छनोटको दोस्रो चरण सम्भावना निकै कठिन हुनेछ । म्यानमारपछि नेपालले अन्तिम खेलमा कार्तिक २७ गते बंगलादेशसँग खेल्नेछ ।

समूह ुसीु मा रहेको नेपाल १ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ । म्यानमार भने ३ अंक जोडेर शीर्ष स्थानमा छ । १ अंक जोडेको भारत तेस्रो र बंगलादेश पुछारमा छ ।

प्रत्येक समूहका विजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउनेछन् । यस्तै तेस्रो हुनेमा उत्कृष्ट दुईले समेत दोस्रो चरणको यात्रा तय गर्नेछन् । ओलम्पिकका लागि पहिलो चरणमा एसियाबाट १८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्